site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ को नाम र राजधानी प्रस्ताव गर्ने बाटो खुल्यो
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ को नाम र राजधानी प्रदेशसभामा प्रस्ताव गर्ने बाटो खुलेको छ । प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिले सोमबार प्रदेश संसदमा संशोधन प्रतिवेदन पेश गरेसँगै स्थायी राजधानी र नाम प्रवेश गर्ने बाटो सुनिश्चित बनेको हो । 

प्रदेशसभाले नेकपाका सांसद तुलसीप्रसाद न्यौपानेको संयोजकत्वमा प्रदेशसभा नियमावली संशोधन गर्न समिति बनाएको थियो । समितिका तर्फबाट न्यौपानेले सोमबारको संसद बैठकमा प्रतिवेदन पेश गरेका छन् । यसअघि नियावलीमा प्रदेशको स्थायी राजधानी र नामांकनको विषय कसले तथा कुन विधिले सदन समक्ष प्रस्ताव गर्ने भन्ने प्रावधान थिएन । सदनमा प्रस्तुत गरिएको संशोधन प्रस्ताव मंगलबार निर्णयार्थ पेश हुँदैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

संशोधनको प्रस्ताव प्रतिवेदन प्रस्तुत गरेसँगै स्थायी राजधानी र नामांकनको विषयले औपचारिक रुपमा प्रवेश पाउने सुनिश्चित भएको छ । प्रदेश सरकारले चालु हिउँदे अधिवेशनबाटै प्रदेश १ को नाम र राजधानी टुंगो लगाउने तयारी छ ।

संशोधनका लागि गरिएको प्रस्तावअनुसार अब प्रदेशको स्थायी राजधानी र नामांकनसम्बन्धी प्रस्ताव दर्ताको सूचना सभामुखले गरेसँगै एक जना सदस्यले प्रस्ताव गर्ने अनि दुई जनाले समर्थन गर्नेछन् । संसद सचिवालयका सचिवले प्राप्त प्रस्ताव सभामुख समक्ष प्रस्तुत गर्नु पर्नेछ ।

Global Ime bank

त्यो प्रस्तावलाई कार्यव्यवस्था समितिको परामर्शमा छलफलको लागि दिन तोक्नेछ । प्रस्ताव सदस्यले नै सदनमा मन्तव्यसहित प्रस्तावको अनुमति मागेपछि निर्णयार्थ पेश भई दुई तहाईले पारित गर्नुपर्ने छ । संयोजक न्यौपानेले भने,‘‘यसरी प्रस्ताव पेश भएपछि दुई घन्टाभित्र पारित गर्नुपर्नेछ ।’’ प्रस्ताव उपर संशोधनको सूचना दर्ता गर्न सदस्यलाई दुई घण्टा दिइने र त्यस्तो संशोधनको सूचना दिने समय प्रस्ताव सदस्यको मन्तव्यपछि सभामुखले सदन स्थगन गरी अर्को बैठक डाकेपछि समय गणना सुरु हुने प्रावधान थप भएको न्यौपानेले बताए ।

सोमबार प्रदेशसभामा संशोधन प्रतिवेदन प्रस्तुत गर्दै संयोजक न्यौपानले भने, “पटक पटक गरी जम्मा १० वटा बैठक बस्यौं । संघीय संसदको मूल नियमावलीलाई नै आधार बनाएर धेरै संशोधनहरु गरेका छौं ।’’ उनले अब सदनबाट यस प्रस्तावलाई थप परिमार्जन वा थपघट गर्न सक्ने पनि जानकारी दिएका छन् । 

प्रदेशसभाले नियमावली संशोधन गर्न गठित सात सदस्ययीय समितिमा नेकपाबाट संयोजक तुलसीप्रसाद न्यौपान, राजकुमार ओझा, कुसुम श्रेष्ठ र लक्ष्मण तिवारी, नेपाली काँग्रेसबाट प्रमुख सचेतक केदार कार्की, लीला सुब्बा र संघीय समाजवादीबाट जयराम यादव सदस्य थिए । समितिलाई पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिइएकोमा फेरि समय थप गरिएको थियो । 

प्रदेश १ को नाम र स्थायी राजधानीको विषयमा भने दलका सांसद तथा ठाउँ विशेषका कारण फरक फरक धारणा छ । कोशी, कोशी–किराँत र सगरमाथा नाम तथा राजधानी विराटनगर, इटहरी, धनकुटा र गोठगाउँ बनाउने पर्ने भन्दै फरक फरक हिसाबले प्रस्ताब आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC