site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'वैज्ञानिक\'सहित विप्लव समूहका चार कार्यकर्ता पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार जना कार्यकर्ता पक्राउ परेका छन । उनीहरु दाङ र सल्यानवाट पक्राउ परेको प्रहरीले बताएको छ ।

रोल्पाको सुनछाहारी गाउँपालिका निवासी १९ वर्षीय श्याम पुन मगरलाई तुलसीपुर उपमहानगरपालिका वडा नं ३ दमारगाउँ दाङबाट पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । पुन जानसांस्कृतिक परिवारसँग आवद्ध रहेको खुल्न आएको प्रहरी प्रमुख एसपी पाण्डेले बताए । पुनविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तरगत मुद्दा चलाइएको प्रहरीले बताएको छ ।

त्यस्तै सल्यानमा थप तीन जना कार्यकर्ता पक्राउ परेका छन् । नेकपाका जिल्ला सदस्य मदन केसी (वैज्ञानिक), अखिल क्रान्तिकारीका जिल्ला सचिव गणेश आरसी र युवा संगठनका जिल्ला सदस्य खुमलाल वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनीहरुलाई पनि सार्वजनिक कसुर विरुद्धको मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC