site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनधिकृत पार्किङको जरिवाना बैंकमा जम्मा नहुँदा हिनामिनाको जोखिम
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा अनधिकृत रुपमा पार्किङ गरी राखिएका मोटरसाइकल कारबाहीको जरिवाना संकलन पारदर्शी हुन सकेको छैन । कारबाहीमा परेका मोटरसाइकल चालकबाट महानगरपालिकाको नगर प्रहरीले प्रतिमोटरसाइकल १ हजार रुपैयाँ जरिवाना उठाउने गरेको छ ।

मोटरसाइकल चालकलाई गरिने जरिवाना रकम बैंकमा जम्मा गर्ने व्यवस्था महानगरपालिकाले मिलाउन नसक्दा उक्त शीर्षकमा उठेको राजश्व हिनामिना हुने जोखिम देखिएको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी मैदानमा रहँदा काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेका थिए । उक्त घोषणाको डेढ वर्ष बित्न लाग्दा पनि महानगरपालिकाले राजश्व संकलनलाई बैंकिङ प्रणालीमा लान सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

“अनधिकृत पार्किङको जरिवाना बिल काट्ने सिस्टमबाटै उठाइरहेका छौं,” महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बाह्रखरीसँग भने, “एउटा मोटरसाइकलबाट १ हजार रुपैयाँको बिल काट्ने व्यवस्था छ ।” अनधिकृत पार्किङ शीर्षकमा राजश्व काटेको बिल बुक कारणवश हराएमा वा नष्ट भएमा नगर प्रहरीले संकलन गरेको राजश्वको हिसाब नै हराउने खतरा छ ।

रामशाहपथ बग्गीखानामा रहेको नगर प्रहरी पोष्टमा रहेका नगर प्रहरीले जरिवाना काटेको बिल महानगरपालिकामा बुझाएका आधारमा महानगरपालिकाले अनधिकृत पार्किङबाट संकलन भएको राजश्वको हिसाब राख्ने गरेको छ ।

Global Ime bank

महानगरपालिकाको सहरी सुव्यवस्था विभागले जानकारी दिएको यही माघसम्मको अर्धवार्षिक तथ्यांकअनुसार अनधिकृत पार्किङ गरेका मोटरसाइकल कारबाहीबाट महानगरपालिकाले ४७ लाख ४० हजार राजश्व संकलन गरेको छ ।

महानगरपालिका नगर प्रहरी नायव निरीक्षक श्याम तिम्सिनाका अनुसार दैनिक ६० देखि ८० वटा अनधिकृत पार्किङमा राखिएका मोटरसाइकल कारबाहीमा पर्ने गरेका छन् । “जथाभावी पार्किङ व्यवस्थित गर्नका लागि १७ जना नगर प्रहरीको दरबन्दी भए पनि अहिले १२ जनाको टोलीले २ वटा ट्रकमा काठमाडौंका विभिन्न स्थानबाट जथाभावी पार्किङ गरी राखिएका मोटरसाइकल उठाएर कारबाही गर्दै आएका छौं । आवश्यक संख्यामा ट्राफिक प्रहरीबाट पनि सहयोग लिने गरेका छौं,” तिम्सिनाले भने, “स्थानीय जनता, ट्राफिक, नेपाल प्रहरी र वडा कार्यालयले दिएको सूचनाका आधारमा हामीले यस्तो कारबाही गर्दै आएका छौं । विशेषगरी बानेश्वर, पुतली सडक, न्युरोड, मखन र वीर हस्पिटलअगाडि जथाभावी मोटरसाइकल पार्किङ भेटिने गरेको छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC