site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पारवहनबारे नेपाल-भारत बैठक नयाँ दिल्लीमा सुरु, पानीजहाजको प्रसंग पनि छलफलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल र भारतबीच पारवहन सन्धी सम्बन्धी दुई दिने बैठक सोमबार भारतको नयाँ दिल्लीमा सुरु भएको छ।

सो बैठक सुरु भएको काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटमा फोटोसहित उल्लेख गरेको छ। नेपाल र भारतबीचको पारवहन व्यवस्थालाई सहज तुल्याउन विभिन्न समयमा भएका द्विपक्षीय विनिमयपत्र (एलओई) एकीकरणसम्बन्धी बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको हो।  

Prabhu Bank
Agni Group
NIC Asia

सहसचिवस्तरीय उक्त बैठकमा पानीजहाजबाट मालसामान स्थानान्तरण, ‘लेटर अफ एक्सचेञ्ज’ (एलओई) को एकीकरण, बृहत् परिमाणका मालसामानको व्यवस्थापन, उडिसाको मुन्द्रा र गुजरातको ढाम्रा बन्दरगाह सञ्चालन र जलमार्गबारे छलफल हुने जनाइएको छ । 

बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजु नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल आइतबार नयाँ दिल्ली गएको हो।

Global Ime bank

प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्र मन्त्रालयका सहसचिवका साथै कोलाकाताका लागि नेपालका महावाणिज्यदूत, नयाँदिल्लीस्थित नेपाली दूतावासका सहसचिव रहेको राससको समाचारमा उल्लेख छ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC