site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डायस्पोरामा नेपथ्य : \'सबैभन्दा पहिले हामी नेपाली\'
Sarbottam CementSarbottam Cement

दुबइ । शुक्रबार बेलुकी कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए-‘सबैभन्दा पहिले हामी..., धन्यवाद दुबइ, माया र साथको लागि।’

चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो। जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो। केही समयदेखि नेपथ्यका कन्सर्टहरुमा सुनिँदै आएको त्यस गीतले भन्थ्यो- ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’।

Prabhu Bank
Agni Group
NIC Asia

गीतका यी हरफहरुलाई अमृत सँगसँगै दर्शकको भीडले पनि गाएर साथ दिएको थियो। यसरी गीतले माहोल तताइरहेकै बेलाबीचमा अमृतले चिच्याएर सोधेका थिए- ‘सबैभन्दा पहिले हामी...?’ जवाफमा २५ सय दर्शकले भरिएको हल गुञ्जिने गरी सबैले चिच्याएरै जवाफ दिइरहेका थिए- ‘नेपाली’

यो प्रश्नलाई अमृतले बारम्बार दोहोर्‍याएर राखेका थिए। जवाफमा हरेकपटक अझ चर्को स्वरमा उही जवाफ दर्शकले फर्काइदिए। दुइ घन्टा लामो चलेको कन्सर्टबाट त्यो भिडियो केही सेकेण्डको भए पनि सम्पूर्ण कन्सर्टको माहोल वर्णन गर्ने प्रतिनिधि दृश्य थियो त्यो। दुबइको ‘अल नासेर लिजर ल्याण्ड’ मा मञ्चमा बसेका कलाकार र दर्शकदिर्घा पुरै अवधिभर एकअर्काको समागममा जमेका थिए।

Global Ime bank

अमृतले यसरी सामाजिक सञ्जालमा राखेको भिडियो केही समयमै भाइरल बन्न पुग्यो र एक घन्टाभित्रै विश्वभर छरिएका दस हजार दर्शकले हेर्न भ्याइसकेका थिए भने सयौंले त्यसलाई सेयर पनि गरेका थिए।

नेपालीपनलाई यसरी बलियोसँग जगाइदिएका अमृतले त्यसबाहेक नेपाली डाँडाकाँडाहरुबाट संकलन गरिएका लोक धुनमा आधारित नेपथ्यका गीतहरुलाई क्रमैसँग गाएर सुनाएका थिए। सम्पूर्ण अवधिभर त्यसले दर्शकलाई उत्तेजित बनाइरहेको देखिन्थ्यो।

"मञ्चबाट हेर्दा हलभरिका दर्शक अनुहारमा जुनउत्साह र उमंग देखिरहेको थिएँ। कन्सर्टमा उर्जा थप्ने गरी मलाई सबैभन्दा सन्तुष्टि त्यसैले दिइरहेको थियो", अमृतले भने, "यस्ता माया गर्ने दर्शक पाएकोमा हामी आफूलाई भाग्यमानी ठान्छौं।"

दर्शकदीर्घामा आयुषमान डंगोल पनि देखिन्थे। उनी सारजहास्थित एयर अरेबियाका पाइलट हुन्।  आयुषसँगै उनका ‘एयर होस्टेस’ साथी सुष्मिता ताम्राकार पनि थिइन्। नेपथ्यलाई बुधबार संयुक्त अरब इमिरेट्स पुर्‍याउने वायुयानमा उनीहरु दुवैजना उडान टोलीमा संलग्न थिए।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC