site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
होलीमा जबर्जस्ती रङ दल्ने, लोला हान्‍ने र मापसे गर्नेलाई सार्वजनिक अपराध मुद्दा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले फागु पूर्णिमा (होली)मा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहोर पानी छ्याप्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने भएको छ । 

रङहरुको पर्व मानिने होलीमा पछिल्लो समय विकृति बढ्दै गएको निष्कर्ष निकाल्दै प्रहरीले देशभर विशेष सुरक्षा योजना अघि सारेको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘‘मापसे गरेर सवारी चलाउने, जथाभावी लोला हान्ने र रङ दल्ने तथा उच्छृंखल गतिविधि गर्नेजस्ता अवाञ्छित घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा लैजान्छौं । होली सद्भावको पर्व हो । यसलाई खुशीसाथ मनाऔं ।’’ प्रवक्ता शर्माले शान्तपूर्वक रुपमा होली सम्पन्न गर्न देशभर विशेष सुरक्षा योजनासँगै ठाउँ–ठाउँमा पिकेट राख्ने, मोबाइल टोली परिचालन गर्ने लगायतका कार्य हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

होलीमा मापसेका कारण, छतमा होली खेल्दा अनियन्त्रित भएर लड्दा, विभिन्न रसायनयुक्त रङका कारण ज्यानै जोखिममा पर्ने गरेको प्रहरी तथ्याङ्कले देखाउँछ । प्रहरीले बालबालिकालगायत बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोधसमेत गरेको छ ।

यस वर्ष चैत ६ गते बुधबार काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा र ७ गते बिहीबार तराईका जिल्लामा फागु पूर्णिमा मनाइँदैछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC