site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सांसद्हरुले देशका विभिन्न स्थानमा गएको बाढीबाट भएको क्षति कम गर्न प्रयास थाल्न र राहत कार्यक्रम सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै देशका विभिन्न स्थानमा गएको बाढीबाट भएको क्षति कम गर्न सरकारले तत्काल राहत कार्यक्रम सुरु गर्न माग गरेका हुन् । 
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, मधेसवादी दललगायतका सांसदहरुले तराई मधेसमा गएको बाढी र पहिरो पीडिलाई सरकारले अहिलेसम्म राहत पुर्याउन नसकेको गुनासो गरे । 
कांग्रेस सांसद् रामकृष्ण यादवले तराईमा बर्सेनी बाढी जाने गरेको थाहा पाउँदा पनि पूर्व तयारी नगरेको भन्दै सरकारको आलोचना गरे । “मेची देखि महाकालीसम्म तराईमा अपूरर्णीय क्षति पुगेको छ । जनधनको क्षति भएको छ । तर, सरकारले अहिलेसम्म एउटा विज्ञप्ति पनि निकालेको छैन ।” यादवले संसद्मा आफ्नो धारणा राख्दै भने, “बाढीमा फसेकालाई तत्काल उद्दार गर्न तथा घाइतेको उपचार गर्न सरकारसँग तत्काल माग गर्दछु ।”
माओवादीका सांसद् शिवकुमार मण्डलले मोरङका विभिन्न स्थानमा बाढीले पुल तथा बाटो भत्काएको र अर्काे गाउँसँगको सम्पर्क टुटेको बताए । मण्डलले भने, “मोरङका अधिकांश स्थानमा बाढीले क्षति पुर्याएको छ । कतिपय बाटोहरु तथा पुलहरु भत्किएर सम्पर्क टुटेको छ । यसतर्फ सरकार साँच्चिकै संवेदनशील हुनुपर्छ ।”
एमाले सांसद वैजनाथ थारुले नवलपारसीका विभिन्न स्थानमा मानिसहरु बाढीको त्रासले सार्वजनिक स्थान तथा विद्यालयहरुमा बसेको बताए । तर, अहिलेसम्म जिल्ला दैवी प्रकोप तथा सरकारले कुनै राहतको कार्यक्रम नपुर्याएको थारुको गुनासो छ । 
तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद् वृजेशकुमार गुप्ताले बर्सेनी तराईमा बाढी पहिरो जाने गर्दा पनि सरकारले पूर्व तयारी नगरेको आरोप लगाए । उनले भने, “तराईमा बर्सेनी बाढी आउँछ तर सरकारले कहिल्यै पूर्व तयारी गर्दैन । यो भूकम्प जस्तो होइन, कहिले आउँछ भन्ने होइन ।”
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC