site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'सीके राउतलाई बुद्ध, पृथ्वीनारायणपछिको हिरो बनाइयो’
Ghorahi CementGhorahi Cement

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार र सीके राउतबीचको ११ बुँदे सम्झौता अनुचित भएको निष्कर्ष निकालेका छन् । उनले सरकार र सीके राउतबीचको सम्झौतालाई पुरानो घ्यू बेचुवा र तरबार बेचुवाको कथा जोड्दै एक अर्कालाई ठग्ने दाउपेच भएको बताएका हुन् ।

चैत २ गते सम्पन्न पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, “म सम्वाद समितिको सभापति छँदा सबैखाले असन्तुष्टि, विद्रोहलाई अन्त्य गर्नुपर्छ भनेर सबैलाई पत्र काटेर छलफलका लागि बोलाएको थिएँ । संविधानमा के चाहिन्छ राखौँ भनेर परामर्श लिन खोजेकै हो । त्यतिबेला उहाँहरू आउनुभएन । त्यो च्याप्टर सिध्धियो । अहिले सरकारले वार्ता गरेर शान्ति प्रक्रियामा ल्याएको हुो भने हामी स्वागत गर्छौं । तर, त्यो पनि त प्रक्रियाबाट जान सक्थ्यो । हामी विद्रोह गरेर आएको, तीनतीन पटक वार्तामा बसेको अनुभव छ । तर, प्रधानमन्त्रीले यति अपारदर्शी ढंगले गर्नुभयो, सर्वोच्च अदालतलाई समेत प्रभावित पारेर । अघिल्लो लिन छुटाउने, भोलिपल्ट छुटाउने । त्यो संशयपूर्ण छ ।”

Agni Group

उनले सीके राउत र पुष्पकमल दाहालबीच कुनै तुलना हुन नसक्ने जिकिर गर्दै भने, “हामी अलग ठाउँमा छौँ । तथापि प्रचण्ड जनयुद्धको नेतृत्व गरेर आएका मानिस हुन् । सम्झौता गरेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने ठाउँमा सम्म पुर्याएको । अहिले सीके राउत र प्रचण्ड उस्तै हुन् भन्न मिल्छ ?”

सीके राउतले पृथकतावादी बाटो छाडेका हुन् भने उनले आत्मसमर्पण गरेको ठहर गर्दै डा. भट्टराईले प्रश्न गरे, “के बाबुराम भट्टराई र प्रचण्ड आत्मसमर्पण गरेर शान्तिप्रक्रियामा आएका हुन् ?”

Global Ime bank

उनले सीके राउत र प्रचण्डबीचको तुलना हात्ती र हात्तीछाप चप्पलजस्तै भएको विम्ब प्रयोग गरे । “सीके राउतको पनि स्वार्थ होला । म त भन्छु, घ्यु बेचुवा र तरबार बेचुवाको कथा हो । प्रधानमन्त्रीलाई परेको छ, सीके राउतलाई ठगेँ, उनलाई पनि परेको छ, मैले पनि ठगेँ । कसले कसलाई ठगेको हो ?” उनको प्रश्न छ ।

त्यस्तै उनले सीके राउतलाई गौतम बुद्ध, पृथ्वीनारायण शाहपछि तेस्रो हिरोको रूपमा चित्रित गरिएको भन्दै सरकारसँगको ११ बुँदे सम्झौता हास्यास्पद भएको जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC