site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर नतिर्ने प्याराग्लाइडिङ कम्पनीका गाडी महानगरको कब्जामा
Sarbottam CementSarbottam Cement

पोखरा । दर्ता नभएका, नवीकरण नगरेका र कर नतिरेका प्याराग्लाइडिङ कम्पनीले उडान भर्न खोजेपछि पोखरा महानगरले ती कम्पनीका गाडी कब्जामा लिएको छ । पछिल्लो समय प्याराग्लाइडिङ कम्पनीमाथि महानगरले कडाइ गरेको छ ।

महानगरका राजस्व शाखा प्रमुख रोमनाथ उपाध्यायका अनुसार कर नतिरी पर्यटक बोकेर प्याराग्लाइडिङ गराउन हिँडेका ६ वटा कम्पनीका गाडी नियन्त्रणमा लिइएको हो । महानगरपालिका, नगर प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा गाडी नियन्त्रणमा लिइएको हो ।

महानगरपालिकाले १ महिनापहिले नै प्याराग्लाइडिङ कम्पनीलाई करको दायरामा आउन सूचना निकालेको थियो । तर, उक्त समयावधिमा केही कम्पनीहरु महानगरको सम्पर्कमा आए भने धेरैले बेवास्ता गरे । करको दायरामा नआएपछि महानगरले सक्रियता देखाउँदै गाडी नै नियन्त्रणमा लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“गाडीहरु लगेर थन्क्याइसकेका छौं । कर तिरेपछि मात्रै गाडी छाडिन्छ,” उपाध्यायले भने । उनका अनुसार ४० वटा कम्पनी भने करको दायरामा आइसकेका छन् र उनीहरुलाई उडान भर्न अनुमति दिइएको छ ।

उपाध्यायका अनुसार पछिल्ला चार आर्थिक वर्षमा प्याराग्लाइडिङ कम्पनीले प्रति कम्पनी ८६ हजार रुपैयाँका दरले महानगरलाई राजस्व बुझाउन बाँकी छ । ६१ वटा प्याराग्लाइडिङ कम्पनीमध्ये ५६ वटा सञ्चालनमा छन भने् ४० वटा जति नियमित सञ्चालनमा छन् । २ कम्पनीले पहिले नै दर्ता, नवीकरण गरिसकेका थिए ।

Global Ime bank

यस्तो छ कर
कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ । तीन ठाउँबाट उडान अनुमति भएता पनि मुख्यरुपमा सराङकोटबाट नै प्याराग्लाइडिङको उडान हुँदै आएको छ ।

हाल पोखरा महानगर–१८ मा पर्ने सराङकोट तत्कालीन सराङकोट गाविस थियो । गाविस हुँदा वार्षिक १ लाख २५ हजार रुपैयाँ पर्यटन कर तोकिएको थियो । त्यतिबेला कम्पनी थोरै थिए । पछि कम्पनी बढी भएपछि वार्षिक ५५ हजार रुपैयाँसम्म गाविसले कर तोकेको थियो ।

सराङकोट पोखरा उपमहागनरमा गाभिएपछि उपमहानगरले वार्षिक ५ हजार ५ सय रुपैयाँ कर लिने निर्णय गर्यो । महानगरपालिका भएपछि अघिल्लो आव २०७४–०७५ मा प्रति कम्पनी वार्षिक ५० हजार रुपैयाँ तथा चालु आव २०७५–०७६ मा २५ हजार रुपैयाँ लिने निर्णय भएको छ । प्याराग्लाइडिङ कम्पनीलाई महानगर मातहतमा ल्याई दर्ता गर्ने र राजस्व उठाउने निर्णय भए पनि कम्पनीहरु भने अटेरी गर्दै आइरहेका छन् ।

उनीहरुले आर्थिक वर्ष २०७२–०७३ यता कर नै नतिरेको पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापाको भनाइ छ । यो वर्षदेखि प्रदेश सरकारले पनि प्याराग्लाइडिङमा कर लिने भएकोले केही शुल्क घटाइएको महानगरले जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५–०७६ मा पर्यटन शुल्कबापत वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ । कर संकलनको अधिकार भने महानगरले वडालाई दिएको छ ।

पोखरा महानगरलाई तिर्नुपर्ने कर नतिरेपछि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्दै आइरहेका दुई कम्पनी बन्द भएका छन् । पोखरा महानगरले पटकपटक कर तिर्नका लागि म्याद थप गरेपनि अटेर गर्ने एडभान्स प्याराग्लाइडिङ कम्पनी र गोल्डेन हेभन प्याराग्लाइडिङ कम्पनी बन्द गरिएको पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । 

पोखरामा हाल ४० वटा कम्पनीले व्यावसायिक उडान भर्दै आइरहेका छन् । ३५ वटा कम्पनीले नवीकरण गरेको महानगरले जनाएको छ। प्रत्येक कम्पनीले वार्षिक रुपमा करबापत एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्ने हुन्छ । एक लाख २५ हजार रुपैयाँ मध्ये २५ हजार महानगरलाई र एक लाख प्रदेश सरकारले तोकेको पर्यटन शुल्क शीर्षकको हो । सो रकम वडा कार्यालय वा पोखरा महानगरपालिका जहाँ बुझाएपनि हुन्छ । 

आर्थिक वर्ष २०७२–०७३ र २०७३–०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई करबापत जम्मा पाँच हजार पाँच सय रुपैयाँमात्र बुझाउँथे । पछि बढेर आर्थिक वर्ष २०७४–०७५ मा वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो । त्यस्तै आर्थिक वर्ष २०७५–०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शुल्क शीर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो । 

पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको लागि नेपाल नागरिक उड्ययन प्राधिकरण पोखरामा दर्ता हुने कम्पनीको संख्या ६० कटेको छ । यीमध्ये पनि ५६ वटाले पोखरा महानगरपालिकाबाट पनि स्वीकृति लिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC