site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भारुमा इन्धन किन्न भारतलाई भेनेजुयलाको प्रस्ताव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । भेनेजुएलाले भारतलाई भारतीय रुपैयाँमा इन्धन खरिद गर्न प्रस्ताव गरेको छ । अमरिकी प्रतिबन्धका कारण भारतले दक्षिणी अमेरिकी मुलुक भेनेजुएलासँग इन्धन किन्न समस्या झेल्दै आएको अवस्थामा भेनेजुएलाबाट यस्तो प्रस्ताव आएको हो ।
बीबीसीका अनुसार भारतले यसबारे विचार गरिरहेको छ । यहीकारण डलरको विकल्पमा भारुको प्रभावकारी उपयोग हुनसक्ने बताइएको छ ।
भेनेजÞुएलाका राष्ट्रपति निकोलस मडुरोलाई अमेरिका सत्ताबाट हटाउन चाहन्छ तर मडुरो सत्ता छोड्न तयार छैनन् । यहीकारण अमेरिकाले भेनेजÞुएलामाथि कैयौं प्रतिबन्ध लगाइरहेको छ । गत जनवरीमा अमेरिकाले भेनेजÞुएलाका विपक्षी नेता वैन ग्वाडोलाई राष्ट्रपतिको मान्यता दिएको थियो । अमेरिकाले प्रतिबन्धको माध्यमबाट मडुरोमाथि थप दबाव दिन चाहेको छ ।
यता अमेरिका भारतमाथि भेनेजुएलाबाट हुने इन्धन आयात कटौती गर्नका लागि राजनीतिक दबाब सिर्जना गरिरहेको छ । यस्तो अवस्थामा भारतसँग दुई विकल्प छन् । पहिलो, आयात बन्द गर्ने वा भुक्तानीको दोस्रो विकल्प सोच्ने । यस अवस्थामा भारतले भेनेजुएलाको यो प्रस्ताव स्वीकार गर्न सक्ने जानकारले बताएका छन् ।
भारतले पहिले पनि आफ्ना रिफाइनरी कम्पनीलाई अमेरिकी नियन्त्रित भुक्तानी प्रणालीसँग बच्न सुझाव दिइरहेको छ । हाल भारतको रिलायन्स इन्डस्ट्रिज तथा नयारा इनर्जि भेनेजÞुएलाबाट दैनिक तीन लाख ब्यारेल इन्धन आयात गरिरहेका छन् ।
अमेरिकी दबाबबाट बच्नका लागि दुई देश सबै भुक्तानी भारुमा गर्नेबारे हाल सोचिरहेका छन् । हाल भारत इरानसँग पनि भारुमा इन्धन किनिरहेको छ । इरानमाथि पनि अमेरिकी प्रतिबन्ध छ । भेनेजुएलाको यो प्रस्ताव भारतको इन्धन मन्त्रालयले विदेश मन्त्रालय पठाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC