काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समिति बैठक स्थगित भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो ।
१२ बजे सुरु हुने भनिएको बैठक अर्थमन्त्री आउन ढिलो भएकाले साढे १२ बाट सुरु भएको थियो । “१ बजेबाट राष्ट्रिय सभामा मेरो जरुरी बैठक छ । आधा घन्टामा मलाई सांसदज्यूहरुको प्रश्नको उत्तर दिनै समय पुग्दैन । कसरी बैठक होला ?” अर्थमन्त्री खतिवडाले भने ।
अर्थमन्त्रीको समय अभाव भएपछि आजको बैठक स्थगित भएको समिति सभापति कल्याणी खड्काले जानकारी गराइन् ।
“त्यसो भए भोलि साढे १० मा बैठक बसौं,” सभापति खड्काले भनिन् । केही सांसदले आफूहरुको पनि भोलि कार्यव्यस्तता रहेको बताएपछि सभापति खड्काले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइन् ।