site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्यूजील्याण्ड घटनाः गोली हान्ने युवकको निवासमा खानतलासी, परिवारले माफी माग्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

क्यानबेरा । न्यूजील्याण्डमा गएको शुक्रबार गोली प्रहार गरेर ५० जनाको हत्या गर्ने युवाको अष्ट्रेलियास्थित निवासमा प्रहरीले खानतलासी गरेको छ । उनको निवास सिड्नीबाट ६०० किमी उत्तरमा रहेको छ । 
ब्रेन्टोन टारान्ट नामका २८ वर्षिय ती युवाको बारेमा छानबिनका लागि मद्दत पुग्ने ठानेर सो खानतलासी गरिएको जनाइएको छ । उनकी दिदीले खानतलासीमा मद्दत गरेकी थिइन् ।
उनका परिवारका सदस्यहरुले सो घटना सुनेर आफूहरु आश्चर्यचकित भएको जनाएका छन् । उनका काका टेरी फिट्जगराल्डले नाइन न्यूजसँगको कुराकानीमा त्यो घटनाका लागि परिवारको तर्फबाट क्षमा मागेका छन् । 
परिवारका सदस्यहरुले उनले त्यस्तो गर्लान् भन्ने कहिले पनि नठानेका जनाएका छन् । उनी भिडियो गेम खेलिरहने बानीका थिए । सन् २०१० मा उनका पिताको मृत्यु भएपछि उनी विश्वभ्रमण गर्ने भन्दै निस्केका थिए । तर, तथ्यहरुले भने उनी दुई वर्षदेखि त्यस खालको आक्रमणको तयारीमा रहेको जनाइएको छ ।
(बीबीसी तथा अन्य एजेन्सी)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC