एजेन्सी । वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । साविकको विजेता वायर्नले मैन्जलाई ६–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको हो।
आइतबार भएको खेलमा वायर्नलाई फराकिलो जित दिलाउन जेम्स रोड्रिगेजले ह्याट्रिक गरे। वायर्नका लागि रोबर्टो लेवान्डोस्की, कोम्यान किंग्सले र अल्फान्सो डेभिसले समान एक–एक गोल गरे।
वायर्नले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो। तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाए। ३३ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै वायर्नको अग्रतालाई दोब्बर पारे। त्यस्तै खेलको ३९ औं मिनेटमा कोम्यानको गोलबाट वायर्नले खेलमा ३–० गोलको अग्रता बनायो।
रोड्रिगेजले ५१ औं र ५५ औँ मिनेटमा गोल गर्दै टिमलाई फराकिलो अग्रता दिलाए। त्यसपछि खेलको ७० औं मिनेटमा डेभिसले गोल गर्दै वायर्नलाई ६–० गोलको जित दिलाए।
जितसँगै वायर्नले २६ खेलबाट ६० अंक जोडेको छ । र, समान अंक भएको बोरुसिया डर्टमण्ड गोल अंकका आधारमा दोस्रो स्थानमा छ।