site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बंगलादेशकी प्रधानमन्त्रीको आलोचना गर्नेलाई जेल !
Ghorahi CementGhorahi Cement

ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा सरकारी अधिकारीहरुले फुटबलको विश्वव्यापी गभर्निङ बडी फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको छ ।  उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । उनले प्रधानमन्त्री हसिनाले फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् । 

मानहानीको अभियोगमा उनको भनाइले सम्पूर्ण देशलाई नै हतोत्साहित गरेको आरोप लगाइएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । उनलाई शनिबार बंगलादेशी अदालतले धरौटीको अवसर प्रदान नगरी जेल पठाएको उनका वकिलले बताएका छन् ।  मानवअधिकार समुदायले हसिना सरकारले कडा कानुन प्रयोग गरेको भनेर सरकारको आलोचना गर्दै आइरहेका छन् ।

Agni Group

किरोनले हालैको एक टीभी अन्तर्वार्तामा प्रधानमन्त्रीले क्रिकेटमा मात्रै ध्यान दिएको र फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् ।  उनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटमा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै व्यक्तिगत फाइदाका लागि उनले क्रिकेटलाई साथ दिएको तर फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

उनीमाथि लगाइएको अभियोगमा खेलकुद मन पराउने प्रधानमन्त्रीलाई यस्तो आरोप लगाउँदा देशलाई नै हतोत्साहित बनाउने जीकिर गरिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC