site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पोखरा विमानस्थल :२५ दिनमा रनवे, डेढवर्षमा निर्माण सम्पन्न 
Sarbottam CementSarbottam Cement

पोखरा । "अबको २५ दिनभित्र रनवे सकिन्छ, केही अवरोध नभए त २०७७ पुसभित्र सबै काम सकिन्छ। अहिलेको कामको गति अनुसार तोकिएको समय भन्दा पहिले नै विमानस्थल बन्नेछ", पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले भने।

आइतबार निर्माणाधीन विमानस्थलमा पुग्दा ६ महिना पहिलेको चौरले विमानस्थलको आकार लिइसकेको थियो। विमानस्थलमा ४ सय ५० जना कामदारसहित ७० वटा सामान ढुवानी गर्ने उपकरण (सवारी) हरुको निरन्तर आवाज गुन्जिरहेको थियो। 

२०१७ नोभेम्बरदेखि काम सुरु गरेको चिनियाँ कम्पनीको ३० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ। "२५ दिनभित्र रनवे तयार हुन्छ, ८ वटा कलभर्ट पनि बनिसके", मुनाकर्मीले भने, "१४ वटा नयाँ भवनको पनि एकैसाथ निर्माणकार्य थालिएको छ, टर्मिनल भवनको फाउण्डेसन तयार भइसक्यो।"

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

रनवेसँगै ट्याक्सीको दुईवटा लेयरको काम सकिएको छ। अब ३४ सेन्टीमिटिरको एक लेयरको ढलान बाँकी छ। विमानस्थलको धावनमार्ग २५०० मिटर लामो छ। विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार वर्ग  मिटरको बन्नेछ। आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुने बताइएको छ।

Global Ime bank

टर्मिनल भवन भदौमा तत्कालिन पर्यटनमन्त्री स्व रविन्द्र अधिकारीले शिलान्यास गरेका थिए। मुनाकर्मीका अनुसार वर्षा लागेपछि भदौसम्मको प्रगति अलि कम हुन्छ। त्यसकारण असार अगावै प्रगति विवरण ४० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य राखिएको उनले सुनाए। "हाम्रो माईलस्टोन ३५ प्रतिशत हो, तर ४० प्रतिशतसम्म हामीले गर्न सक्छौँ होला", उनले थपे, "२०१९ सम्ममा ६० प्रतिशत र २०२० को अन्त्यसम्ममा बाँकी ४० प्रतिशत काम सक्ने हाम्रो लक्ष्य छ। लक्ष्य अनुसार काम भए २०७७ पुससम्ममा त विमानस्थल नै बन्नेछ।" सम्झौता भने २०२१ को जुलाइ १० सम्म छ।

\"\"

२०२१ को जुलाइबाट अन्तर्राष्ट्रिय उडान पोखरा विमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्ययन प्राधिकरण छ। २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उडड्यन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ। नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो।

१८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन। त्यस्तै मुनाकर्मीले विमानस्थल निर्माणमा ७० प्रतिशत सिभिलको काम हुने र बाँकी ३० प्रतिशत इक्यूपमेन्टको हुने उल्लेख गर्दै भने, "अहिलेसम्म सिभिलको ३० प्रतिशत काम सकिएको छ। बाँकी ४० प्रतिशत पनि हामी द्रुत गतिमा गरिरहेका छौँ। यो सकिएको छ महिनामै बाँकी ३० प्रतिशत काम सम्पन्न हुन्छ।"

\"\"

त्यस्तै अहिले सिभिलको कामको प्रगति मासिक तीन प्रतिशतको दरले वृद्धि भएको भन्दै असार मसान्तसम्म जम्मा ३० प्रतिशतको प्रगतीलाई बढाएर ४० पुर्‍याउने लक्ष्य रहेको उनको भनाई छ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC