site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय प्रधानमन्त्री मोदी ट्‍वीटरमा \'चौकीदार\' !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्‍वीटरमा आफ्नो नाम बद्लिएका छन्। उनले 'म पनि चौकीदार हुँ' अभियानलाई साथ दिँदै ट्‍वीटरमा आफ्नो नाम परिवर्तन गरेर ट्वीटर ह्‍यान्डलको नाम चौकीदार नरेन्द्र मोदी राखेका छन्। 

यसअघि उनले ट्वीटर ह्‍यान्डलको नाम नरेन्द्र मोदी राखेका थिए। मोदीले आफ्नो ट्वीटर ह्यान्डलको नाम परिवर्तन गरेसँगै बीजेपीका अध्यक्ष अमित शाहले पनि ट्वीटरमा आफ्नो नामको अघि चौकीदार थपेका छन्। 

राहुल गान्धीले 'चौकीदार चोर हुन्' भनेपछि त्यसको जवाफमा बीजेपीका नेताहरुले 'म पनि चौकीदार हुँ' अभियान चलाएका हुन्। प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट भनेका छन्, "तपाईंको यो चौकीदार राष्ट्रको सेवामा दृढताका साथ लागेको छ। तर म एक्लै छैन। हरेको व्यक्ति जो भ्रष्टाचार, गलत क्रियाकलाप, सामाजिक विकृतीसँग लडिरहेको छ। उ नै चौकीदार हो। हरेक व्यक्ति कोही जो भारतको प्रगतिका लागि कठिन परिश्रम गरिरहेको छ। उ एक चौकीदार हो। आज हरेक भारतीय भनिरहेको छ की म पनि चौकीदार हु।"

Prabhu Bank
Agni Group
NIC Asia

Your Chowkidar is standing firm & serving the nation.

But, I am not alone.

Everyone who is fighting corruption, dirt, social evils is a Chowkidar.

Everyone working hard for the progress of India is a Chowkidar.

Today, every Indian is saying-#MainBhiChowkidar

— Chowkidar Narendra Modi (@narendramodi) March 16, 2019

प्रधानमन्त्री मोदी प्राय आफ्नो भाषणमा आफूलाई भ्रष्टाचारको अनुमति नदिने र आफू पनि भ्रष्टाचार नगर्ने 'चौकीदार' बताएका छन्। आइतबार बेलुकासम्म भारतका कयौं मन्त्रीहरु भने आफ्नो ट्वीटर ह्यान्डलमा 'चौकिदार' थपेका छन्। ती मन्त्रीहरुले भारतीय प्रधानमन्त्रीको साथ दिँदै ह्यास ट्याग गरेका छन्। ट्वीटरमा चौकीदार नरेन्द्र मोदी ट्रेन्डिङको दुई नम्बरमा छ। 

Global Ime bank

कयौं ट्वीटर प्रयोगकर्ता भने प्रधानमन्त्री मोदीको यो अभियानको आलोचना गरेका छन्। उनीहरुले लेखेका छन्, "मोदी काम गर्दैनन्.... बस नाममात्रै बदल्छन्।"

मोदीले सबै चौकीदारलाई शुभकामना दिएका छन्। उनले ट्वीट गर्दै "यस अभियानमा यस्तो उत्साह देखेर खुशी लागेको छ। हाम्रो चौकीदारीका कारण भ्रष्टाचार नष्ट भएको छ र चोरहरुलाई कष्ट भएको छ।"

 

आप सभी चौकीदारों को मेरी शुभकामनाएं।

इतना उत्साह देखकर अच्छा लगा।

आपकी चौकीदारी के कारण भ्रष्टाचार नष्ट हो रहा है और चोरों को कष्ट हो रहा है। https://t.co/UUwLbfooT4

— Chowkidar Narendra Modi (@narendramodi) March 17, 2019

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC