site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अवतार म्यानपावरबाट कतार पुगेकी महिलाको बेहाल, बाह्रखरीकर्मीलाई ज्यान मार्ने धम्की
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित शारदाचोकमा रहेको अवतार ह्युमन रिसोर्सेस कम्पनीका कार्यकारी निर्देशक दिलराम भुजेलले बाह्रखरीकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् ।  अवतार ह्युमन रिसोर्सेस कम्पनीबाट कतार पुगेकी कञ्चनपुरकी माया तामाङ अलपत्र परेको विषयमा समाचारको जानकारी लिन खोज्दा उनले ज्यान मार्ने धम्की दिएका हुन् ।

उनको ९८०१००३५०३ मोबाइल नम्बरमा यसबारे बुझ्न खोज्दा बाह्रखरीकर्मी केशवराज जोशीलाई ‘तैँले जे गर्न सक्छस् गर् । पैसा खान खोज्ने खाते पत्रकार’ भन्दै अश्लिल शब्द प्रयोग गरेका थिए ।  काठमाडौं प्रहरी परिसरका एसएसपी वसन्त लामाले पत्रकारलाई धम्की दिने र दुर्व्यवहार गर्ने भुजेललाई कानुनी दायरामा ल्याइने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सिन्धुपाल्चोक स्थायी घर भएकी माया तामाङ ६ महिनाअघि अवतार ह्युमन रिसोर्सेस कम्पनीबाट १ लाख रुपैयाँ तिरेर कतार पुगेको मलेसियामा रहेका मायाका श्रीमान रामबहादुर सिंहले बताए ।  मायालाई कतारमा अस्पतालमा काम दिने म्यानपावर कम्पनीले आश्वासन दिएको थियो ।

कतारको एक हजार रियाल दिने भनेर त्यहाँ पुर्याइएको भए पनि त्यहाँ पुगेपछि मायालाई घरेलु कामदारको रुपमा राखिएको श्रीमान सिंहले बताए ।  कतारमा रहँदा अवतार ह्युमन रिसोर्सेस कम्पनीकै सम्र्पकमा रहेका पासाङ तामाङले मायालाई दुर्व्यवहार गरेको, कम्पनीलाई पछिल्लो दुई महिनाको तलब नदिन भनेको समेत श्रीमानले बताए ।

Global Ime bank

मायाले कतारस्थित नेपाली दुतावासमा निवेदनसमेत दिएकी छन् ।  मायाले काम गरेको तलब माग्दा उल्टै जेल हाल्ने धम्की दिएको श्रीमान रामले बताए ।  माया आइतबार नै कतारस्थित नेपाली दूतावासमा शरणका लागि पुगेकी थिइन् । ‘‘म नेपाल फर्किन चाहन्छु । यहाँ मेरो ज्यान जोखिममा छ । एउटा काम भनेर अर्कै काम लगाइयो,” मायाको भनाई उद्धृत गर्दै उनका श्रीमान रामले भने ।

\"\"

नेपाली दुतावासले माया कार्यरत कम्पनीलाई पासपोर्ट फिर्ता दिन पत्र समेत पठाएको थियो ।  तर मायालाई पासपोर्ट नदिने जे सक्छौ गर भन्दै पासाङ तामाङले धम्की दिएको रामले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC