site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भूकम्पबाट क्षति भएका सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सशस्त्र प्रहरी बलले भूकम्पले क्षति पुर्याएका आफ्ना संरचनाहरुको ९२ प्रतिशत पुनर्निर्माण सम्पन्न गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आइतबार पुननिर्माणसम्बन्धी आर्थिकवर्ष २०७५–०७६ को प्रगति प्रस्तुत गर्दै बलका बरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले पुनर्निर्माण कार्य सञ्चालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिए ।
पुनर्निर्माण सम्पन्न भएका संरचनाहरुमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्र्वाटर रहेका छन् । थापाका अनुसार पुनर्निर्माण सम्पन्न हुने चरणमा रहेका दुई संरचनामध्ये बाँकी नुवाकोट ककनीस्थित सशस्त्र प्रहरी बल यु.एन. शान्ति स्थापना तालिम शिक्षालयको भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।
यस्तै पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल नंं.४ मुक्तिनाथा बाहिनी मुख्यालय पोखराको फिनिसिङ कार्य भइरहेको छ । यी संरचनाको आगामी वैशाखभित्र पुनर्निर्माण कार्य सम्पन्न हुने थापाले बताए ।
सशस्त्र बलको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित नं. १८ गणको हेर्डक्वार्टरमा रहेका २ वटा बहुतले ब्यारेक तथा प्रधान कार्यालयको पेन्टागनको प्रबलीकरण कार्यका साथै बंगलामुखीस्थित नं १९ गणको हेडक्र्वाटरको भवन पुनर्निर्माण गर्न करिब ६ करोड ५० लाख थप बजेट आवश्यक रहेको पनि थापाले बताए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको उद्दार तथा पुनस्र्थापनामा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको प्रशंसा गरे । 
“आगामी दिनमा आउनसक्ने विपद्पछिको उद्दार तथा पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने संस्थाका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई पूर्णता दिन प्राधिकरणले यथासम्भव सहयोग गर्ने छ,” ज्ञवालीले भने ।
सशस्त्र प्रहरी बलका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख रुपैयाँ निकासा भएको छ ।
भूकम्पले क्षति पु¥याएका सशस्त्र बलका बाँकी संरचनाको पुनर्निर्माण अन्तिम चरणमा रहेको इन्जिनियर थापाले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC