site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । धेरैजसो उद्योगी/व्यवसायीलाई लागेको थियो, संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बन्छ । लगानीका लागि प्रशस्त सम्भावना खुल्छन् र निजी क्षेत्रको लगानी सुरक्षित हुन्छ । 
तर, उद्योगी÷व्यवसायीले सोचेजस्तो नेपालमा लगानीमैत्री वातावरण बन्न सकेन र पुरानै अवस्था दोहोरियो । संविधान जारी र त्यसपछि बनेको सरकारले समेत निजी क्षेत्रलाई सहयोग पु¥याउने र लगानीका लागि अनुकूल वातावरण बनाउन नसकेको उद्योगी÷व्यवसायीहरू बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका यो सरकारको पालामा निजी क्षेत्र सबैभन्दा बढी असुरक्षित भएको बताउँछन् । “सरकारले एकदिन एउटा निर्णय गर्छ, सोहीअनुसार उद्योगी÷व्यवसायीले नयाँ लगानी थप्ने काम गर्छन्,” उनले बाह्रखरीसँग भने, “तर, त्यही सरकारले गरेको निर्णय केही दिनमा उल्टिन्छ । अनि त्यसको असर निजी क्षेत्रमा पर्छ ।” 
सरकारको अपरिपक्व निर्णयबाट व्यवसायी हैरान भएको मुरारकाले बताए । “नाकाबन्दीको मारमा परेका व्यापारीलाई संविधान आएपछि देशले ठूलै फड्को मार्छ भन्ने लागेको थियो । तर, त्यस्तो हुन नसकी परिस्थिति उल्टो हुन पुग्यो,” उनले भने । 
यसबीचमा वैदेशिक लगानी नेपाल नभित्रिएको र स्वदेशी लगानीकर्ता पनि नयाँ लगानी थप्ने कि नथप्ने भन्ने बारेमा सोच्न बाध्य भएको मुरारकाले बताए । कतिपय उद्योगीले देशको परिस्थिति अनुकूल नभएको ठहर गर्दै नयाँ उद्योगसमेत नल्याएको महासंघ अध्यक्ष मुरारकाले जानकारी दिए । 
नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्माले पनि सरकारले गरेको निर्णयले निजी क्षेत्र उत्साहित हुन नसकेको बताए । “कुनै पनि निर्णयमा सरकार अडिग नहुँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा पर्न गयो,” शर्माले भने, “निजी क्षेत्रले संविधानलाई हृदयदेखि नै स्वागत गरेका हो । तर, संविधानअनुरूप निजी क्षेत्रको हित हुन सकेन ।” नयाँ संविधानले आर्थिक समृद्धिमा लम्किने बाटो खुला गरिदिए पनि सरकारले निजी क्षेत्रको भूमिकालाई संकुचित बनाएको सीएनआई अध्यक्ष शर्माको आरोप छ । 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि सरकारले निजी क्षेत्रको भूमिका खुम्च्याएको बताए । “केही दिनअघि पेट्रोलियम पदार्थ कारोबार गर्न निजी क्षेत्रलाई खुला गर्ने निर्णय भयो । तीन सातापछि फेरि यो निर्णय उल्टियो । यसका कारण धेरै व्यवसायीको लगानी जोखिममा परेको छ,” श्रेष्ठले भने । 
समग्रमा निजी क्षेत्रमैत्री संविधान बनेको भए पनि सरकारी क्रियाकलापले लगानीमैत्री वातावरण निर्माण हुन नसकेको चेम्बरको निष्कर्ष छ । संविधानसँगै लगानीकर्ताको आकर्षण बढ्ने र ठूलो लगानी आउने आशा गरेको व्यवसायी अहिले निराश भएका छन् । 
संविधान निर्माणमा भएको अन्योलका कारण स्वदेशी तथा विदेशी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा थिए । नयाँ संविधानले उनीहरूमा उत्साह थपिदिएको भए पनि सरकारी निर्णयले झन् निरुत्साहित गरेको महासंघ अध्यक्ष मुरारकाले बताए । 
सीएनआई अध्यक्ष शर्माले पनि सरकारले दीर्घकालीन आर्थिक विकासको बाटोतिर पाइला नबढाएसम्म देश समृद्ध नहुने बताए । औद्योगिक र व्यावसायिक लगानीका लागि अहिले अनुकूल समय नभएको उनको निष्कर्ष छ । 
उद्योगमा स्वदेशी तथा विदेशी लगानी बढाउने वातावरण बनाउन मुलुकलाई बन्द–हड्तालमुक्त बनाउनुपर्नेमा व्यवसायीहरूको जोड छ । 
सरकारकै कारण जलविद्युत्, सिमेन्ट, पर्यटनलगायत क्षेत्रमा ठूलो लगानी प्रभावित भएको महासंघले जनाएको छ । नेपालमा यी क्षेत्रमा भएको लगानीको प्रतिफल उच्च छ । ऊर्जा र सिमेन्टको बजार छिमेकी मुलकमा भएकाले त्यसको सदुपयोग गर्नुपर्ने उद्योगी÷व्यवसायीको भनाइ छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC