site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उद्घाटनकै दिन प्रधानमन्त्रीद्वारा मुख्यमन्त्रीलाई साँचो हस्तान्तरण, लागत साढे १५ करोड
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर नजिकै कटहरी गाउँपालिकामा निर्माण गरिएको प्रदेश १ स्तरीय फलफूल तथा तरकारी थोक बजार शुभारम्भ गरेका छन् । आइतबार एक औपचारिक कार्यक्रमबीच प्रम  ओलीले बजारको साँचो प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे । 

गत कात्तिक १६ गते कटहरीस्थित जमटोकीमा प्रम ओलीले अत्याधुनिक सुविधासहितको संरचना उद्घाटन गर्ने तयारी थियो । तर, उनी बिरामी भएपछि कार्यक्रम स्थगित हुन पुगेको थियो । उद्घाटन लगत्तै संघीय सरकार मातहतको  बजार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,‘‘यो यहींका जनताको लागि सरकारले निर्माण गरिदिएको संरचना हो । अब उत्पादित कृषिवस्तु यहीं ल्याएर बिक्री गर्नुहोस ।’’ ओलीले सरकारले विकासको गतिलाई झनै बढाएको दाबी गर्दै किसानलाई बोलाएर होइन किसान भएकै ठाउँमा पुग्न सरकार मातहतका निकायलाई आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

५ बिगाहा २ धुर क्षेत्रफलमा निर्माण गरिएको जमटोकीको थोक बजार निर्माणमा १५ करोड ४९ लाख रुपैयाँ खर्च भएको र यो रकम विश्व बैंकबाट प्राप्त भएको कषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिएका छन् । उनले भने,‘‘पचास वर्षसम्मको लागि जग्गा भाडामा लिएर अत्याधुनिक फलफूल तथा तरकारी थोक बजार निर्माण गरिएको हो ।’’ उनले २०६८ सालमा कटहरीको जनप्रिय माविको ४ बिगाहा २ कठ्टा र कटहरी गाउँपालिकाको करिब १८ कठ्ठा २ धुरसमेत जग्गा भाडामा लिने सहमति भई निर्माणको काम थालनी भएको जानकारी दिए । अहिले विराटनगरको बीच भागमा अवस्थित गुदरी बजार अव्यवस्थित र दुर्गन्धित अवस्थामा छ । अब त्यो बजार कटहरीमा सार्ने महानगरको तयारी छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संघीय सरकारबाट निर्माण भई तुरुन्तै प्रदेश सरकारमा हस्तान्तरण हुनुले संघीयताको मर्मअनुसार चल्न सरकार तदारुक भएको सन्देश गएको बताउँदै भने,‘‘अब कार्यविधि र निर्देशिका बनाएर तरकारी बजारलाई व्यवस्थित ढंगले प्रदेश सरकारले संचालन गर्नेछ ।’’ उनले तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पाउने यो नै प्रदेशको मुख्य बजार भएको चर्चा गरे । 

Global Ime bank

के के छन् बजारभित्र ?

थोक बिक्री कक्ष ३८, कृषक बिक्री सेड १, खुद्रा स्टल एक, ३० वटा स्टल कम्तिमा, प्रशासकीय भवन एक, बैंक शाखा, चमेना गृह, सार्वजनिक शौचालय, मेनजेर आवास, कृषक अतिथि गृह, गार्ड आवास, फोहोर संकलन केन्द्र, लोडिङ अनलोडिङ क्षेत्र, डिप ट्युबेल, पानी प्रशोधन केन्द्र तथा पार्किङ क्षेत्रको सुविधा छ । यसमा प्रदेश २ का सिराह र सप्तरी जिल्लाका किसानले समेत फाइदा लिन सक्ने छन् ।

थोक र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै प्लट निर्माण भएको छ । बजारभित्र एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल अटाएका छन् । तीन सय ५१ स्क्वायर मिटरमा खुद्रा बजार छ । बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल लगेर बिक्री गर्न पाउने छन् । बिचौलियाको कुनै भूमिका हुने छैन् । एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल रहने व्यवस्था मिलाइएको छ । 

बजारभित्र फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्ड छ । पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युवेल, जेनेरेटर र सोलारको व्यवस्था  गरिएको छ ।  सीसी क्यामेराको निगरानीमा रहने बजारमा आगलागी नियन्त्रण गर्न भूमिगत रुपमा पानीको व्यवस्थापन भएको छ । बजारको क्षमता  वार्षिक ४४ हजार नौ सय ६६ मेट्रिक टन तरकारी र फलफूल दश हजार मेट्रिक टन फलफूल बिक्री हुने अपेक्षा गरिएको सचिव जिसीलले जानकारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC