site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्युजिल्याण्डमा मस्जिद भएको आक्रमणको कांग्रेसद्‍वारा निन्दा
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले न्युजिल्याण्डको क्राइस्ट चर्चस्थित मस्जिदमा गरिएको आक्रमणको निन्दा गरेको छ। सभापति शेरबहादुर देउवाले आइतबार शोक वक्तव्य जारी गरेर आक्रमणको निन्दा गरेका हुन् । 

गत शुक्रबार न्युजिल्याण्डका दुईवटा मस्जिदमा आक्रमण गरी कयौंको हत्या गरिएको थियो। कांग्रेसले उक्त नृशंश हत्याको घटनाले विश्वलाई नै स्तब्ध बनाएको जनाएको छ । 

Agni Group

‘‘विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता क्रियाकलापको नेपाली कांग्रेस सदैव घोर निन्दा र भर्त्सना गर्दछ,’’ शोक वक्तव्यमा भनिएको छ, ‘‘यस दुःखद क्षणमा म र मेरो पार्टीको तर्फबाट न्युजिल्याण्ड सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु । साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु ।’’ 

कांग्रेसले आक्रमणका घाइतेको शीघ्र स्वास्थय लाभको कामना गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेको छ । मस्जिदमा भएको उक्त आक्रमणमा ५० जनाको मृत्यु भएको थियो। अस्ट्रेलियन नागरिक २८ वर्षिय ब्रेन्टन टारेन्टले आफूले मस्जिदमा आक्रमण गर्दा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।    

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC