site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विप्लव समूहलाई सरकारले नियन्त्रण गर्छ, लोकतन्त्रवादी भन्नेको रुवाबासी किन ?
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध मात्रै नभइ नियन्त्रण गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा केहीबेरअघि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओली विप्लव समूहप्रति आक्रोशित भएका थिए ।
“विप्लव समूह मान्यताप्राप्त संस्था होइन । कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत समूह हो । अहिले प्रतिबन्ध लगाएको के मा हो भन्दा कहिँ दर्ता भएको थियो र ? नेकपा विप्लव समूह भनेर चिनिने झुन्ड छ । कहिले के समूह कहिले के भनेजस्तै समूह हो । अहिले विप्लव समूह भनेर चिनिने समूह छ । धम्क्याएर लुटपाट गरेर, उद्यमी र व्यवसायीलाई धम्क्याएर उत्पात मच्चाएको छ । बम पड्काएको छ । मान्छे मारेको छ । अनि यस्तालाई प्रतिबन्ध लगाउँदा आफूलाई लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन ?”

उनले विप्लव समूहलाई सरकारले ठट्टा नगरेको भन्दै नियन्त्रणमा लिने चेतावनी पनि दिए ।

Agni Group

“विप्लव समूहलाई भन्न चाहन्छु सरकार ठट्टा गरिरहेको छैन । विध्वंसात्मक काम गर्न पाइँदैन । कसैले रुवाबासी गर्छ भने गरिरहोस् । सरकारले निषेध मात्रै होइन नियन्त्रण गर्छ । नेपालमा शान्ति चाहियो कि चाहिएन ? अस्ति वार्ता समिति बनाएका थियौं, खोइ त्यो समूहले वार्ता गरेको ? सधैं वार्ता भनिरहने ?”

उनले विप्लव समूहका माग अहिलेसम्म कसैले पनि बुझ्न नसकेको बताए । “विप्लव समूहका माग के हुन् ? सभ्य समाजले सुन्न सक्ने कुनै माग छन् ? खुद्रा पत्रकारितासँग मेरो लेनदेन हुँदैन ।” उनले सीके राउतसँगको सहमतिले नेपालमा बिखन्डनवादी र पृथकतावादी सोँच र व्यवहार समाप्त गरेको बताए ।

Global Ime bank

फरक प्रसंगमा उनले मन्त्रिपरिषद हेरफेरको कुनै सम्भावना नरहेको बताए । “मन्त्रिपरिषद हेरफेरको कुनै सम्भावना छैन,” उनले भने ।
फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC