विदेश
न्युजील्याण्ड । गएको शुक्रबार न्युजील्याण्डका दुईवटा मश्जिदमा भएको गोली काण्ड एक जना व्यक्तिले नै गराएको प्रहरीले जनाएको छ । क्राइस्ट चर्च क्षेत्रमा भएको सो आक्रमणमा ५० जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।
अष्ट्रेलियाका नागरिक २८ वर्षिय ब्रेन्टन टारेन्टले गराएको सो घटनाको फेसबुकबाट समेत लाइभ गराइएको थियो । तीन जना अन्य व्यक्तिहरुपनि गिरफतार भएपनि घटनामा सामेल नभएको अवस्था देखिएको छ । प्रहरी कमिसनर माइक बुशले अहिले नै निष्कर्षमा पुग्न भने नसकिने जनाएका छन् । सो घटनाका घाइते मध्ये दुई जनाको अवस्था अझै गम्भीर रहेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५ ०८:११
प्रतिक्रिया दिनुहोस्