site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनुगमन अभावमा \'अनैतिक अखडा\' बन्दैछन् होस्टल
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत साउनमा महानगरीय प्रहरी वृत्त वानेश्वर, स्थानीय जनप्रतिनिधि र होस्टल एशोसिएसन प्रतिनिधिले वानेश्वर क्षेत्रका होस्टल अनुगमन गर्‍यो। टोल सुधार समिति र सामुदायिक सेवा केन्द्रको संयुक्त टोलीले गरेको उक्त अनुगमनका क्रममा होस्टलमा विभिन्न अवान्छित गतिविधि भएको प्रहरीले फेला पार्‍यो।

“त्यस क्षेत्रमा सञ्चालित होस्टेलमा विकृतिजन्य गतिविधि देखिएको, अमर्यादित गतिविधि हुने गरेको भेटिएको हो,” अनुगमन टोलीमा संलग्न एक स्थानीय प्रतिनिधिले बाह्रखरीसँग भने, “स्थानीयबासीको गुनासोका आधारमा हामीले अनुगमन गरेका थियौं। त्यस अनुगमनलाई विभिन्न कारणले निरन्तरता दिन सकिएन। त्यसयता स्थानीयबासीबाट गुनासो पनि आएको छैन।”

होस्टललाई व्यवस्थित र मर्यादित व्यवसायका रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ गठन गरिएको होस्टल एसोसिएसन नेपालले पनि होस्टलमा हुने मनपरी, बेथिति, अमर्यादित व्यवहारलाई नियन्त्रण र व्यवस्थित गर्न सकेको छैन।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले साउनमा उक्त अनुगमनपछि भदौमा स्थानीय जनप्रतिनिधिसँग होस्टललाई कसरी व्यवस्थित र मर्यादित ढंगबाट सञ्चालन गर्न सकिन्छ भन्नेबारे अन्तरक्रिया गरेका थियौं,” होस्टल एसोसिएसन नेपालका अध्यक्ष चेतन दाहालले बाह्रखरीसँग भने, “त्यसयता भने समयको अनुकुल नमिल्ने र जनप्रतिनिधिहरुको कार्यव्यस्तताका कारण होस्टल सुधार अभियानलाई निरन्तरता दिन सकिरहेको छैनौं।”

सरकारले देशका मुख्य सहरमा सञ्चालनमा रहेका होस्टललाई व्यवस्थित गर्न नसकेको होस्टल सञ्‍चालकहरुको स्वीकारोक्ती छ। समय समयमा प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय अगुवा मिलेर होस्टलको अनुगमन गरे पनि त्यो पर्याप्त देखिएको छैन।

Global Ime bank

“बिना मापदण्ड सञ्चालनमा रहेका होस्टलमा भर्ना भएका विद्यार्थीले उचित अभिभावकत्व र रेखदेख पाउन नसक्दा खराब साथीको संगत गर्न सिक्ने र मनोवैज्ञानिक रुपमा परिवारबाट टाढिएको महसुस गर्ने गरेका छन्,” उपभोक्तावादी रामबहादुर थापा भन्छन्।

काठमाडौं, काभ्रे, मोरङ, ललितपुर, चितवन र कास्कीका विभिन्न स्थानमा अहिले होस्टल सञ्चालनमा रहेको होस्टल एसोशिएसन नेपालका अध्यक्ष चेतन दाहालले बताए। तर, ती जिल्लामा सञ्चालनमा रहेका सबै होस्टलको संख्या एसोसिएसनसँग छैन।

घरेलु तथा साना उद्योगअन्तर्गत पर्ने होस्टलहरु जिल्लाका घरेलु तथा साना उद्योग कर्यालयमा दर्ता नभई पनि सञ्चालन हुने गरेको पाइएको छ। “हामीले गएको साउनमा नयाँ वानेश्वर क्षेत्रका होस्टल अनुगमन गरेका थियौं। त्यसयता अनुगमन गर्न भ्याइरहेका छैनौं,” काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले बाह्रखरीसँग भने, “मेरो वडामा १ सय ४० वटा होस्टल सञ्चालनमा छन्। जसमा करिब ४० वटा घरेलुमा दर्ता भएका छन्। केही एसोसिएसनमा दर्ता भएका छन्। दर्ता नभई सञ्चालनमा रहेका होस्टललाई चैतभित्र नै वडा कार्यालयमा दर्ता गरिसक्ने हाम्रो योजना छ। ”

एसोसिएसनले पनि देशभरका विभिन्न सहरी क्षेत्रमा सञ्चालनमा रहेका होस्टललाई एकीकृत रुपमा दर्ता गर्न र होस्टल सञ्चालनको मापदण्ड तोक्न सकेको छैन। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमातहत निकायले पनि होस्टलको मनपरी सञ्चालनलाई नियन्त्रण र नियमन गर्न सकेका छैनन्।

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंसँग पनि काठमाडौं जिल्लामा हालसम्म दर्ता भएका होस्टलको तथ्यांक छैन। “काठमाडौंमा ०५० सालदेखि होस्टल दर्ता सुरु भएको हो। हामीसँग सुरुदेखि अहिलेसम्म होस्टलमात्र दर्ता भएको संख्या छैन। सुरुको समयमा फाइलहरु कम्पयुटरमा सेभ गर्ने व्यवस्था नभएकाले सुरुका फाइलहरु गोदाम र स्टोर रुममा थन्किएका छन्,” घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुख रामचन्द्र अधिकारीले बाह्रखरीसँग भने, “सबै फाइलहरु भेला पारेर दर्ता भएका उद्योग कम्युटरमा सेभ गरेपछि मात्र हामीसँग दर्ता भएका सम्पूर्ण होस्टलको संख्या पत्ता लाग्नेछ।”

हालसम्म काठमाडौंमा दर्ता भएका होस्टलको संख्या दिनका लागि बाह्रखरीले  लिखित निवेदन पेश गरेपछि कार्यालयले ०७० सालदेखि यही माघसम्म तीन सय ३३ वटा होस्टल काठमाडौंमा दर्ता भएको जानकारी दिएको छ। होस्टल एशोसिएसन नेपालका अध्यक्ष दाहालका अनुसार एसोसिएसनले होस्टल सञ्चालनको सीमा तोकेको छ। 

“बोइज र गर्ल्स होस्टल एउटै भवनमा राख्न नपाइने, होस्टल सम्पूर्ण रुपले सुरक्षित हुनुपर्ने, होस्टल राख्ने घर कम्पाउन्ड बारेको हुनुपर्ने, काठमाडौंको हकमा बोइज होस्टलको मासिक शुल्क प्रतिव्यक्ति ९ हजार र गर्ल्स होस्टलको मासिक शुल्क प्रतिव्यक्ति ९ हजार ५०० हुने मापदण्ड तोकिएको छ,” अध्यक्ष दाहालले भने।  तर एसोसिएसनमा आबद्ध भएर पनि काठमाडौंमै सञ्चालनमा रहेका अधिकांश होस्टलले यी सीमाहरु पालना नगरेको पाइएको छ। 

होस्टलमा सबै क्षेत्रका मानिसहरु बसोबास गर्ने, लकर, दराज आदिको व्यवस्था नहुँदा राखेका सामानहरु चोरी हुने, हराउने गुनासाहरु बढेका छन्। “सिसी क्यामेरासहित निगरानी नहुँदा होस्टलमा यौनजन्य गतिविधि, लागुपदार्थ दुर्व्यसनी, अन्जान व्यक्तिसँगको हिमचिमलगायत अनैतिक कार्यहरुसमेत हुने गरेको पाइन्छ। बिना मापदण्ड सञ्चालनमा रहेका होस्टलहरु घर छोडेर सहर पसेका किशोर र युवायुवतीहरु बिग्रिने अखडा बन्ने खतरा छ,” महानगरीय प्रहरी परिसरका एक प्रहरी अधिकृतले भने, “जनगुनासोका आधारमा हामीले होस्टल अनुगमन गर्ने गरेका छौं। होस्टल सञ्चालक, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयबीच आपसी समन्वय हुन सकिरहेका छैन ।”

काठमाडौं महानगरपालिकाले काठमाडौंका घरमा भाडामा बस्ने प्रत्येकको तथ्यांक राख्ने बताए पनि महानगरपालिकाको उक्त योजना हालसम्म पुरा भएको छैन। काठमाडौंको पुतली सडक, बागबजार, नयाँ वानेश्वर, अनामनगर, बालकुमारी, सामाखुसी, पुरानो वानेश्वर, शंखमूल, चाबहिल, बुद्धनगर, बबरमहल क्षेत्रमा उल्लेख्य संख्यामा होस्टल सञ्चालनमा छन्। 

यी क्षेत्रमा सञ्चालनमा रहेको होस्टलको संख्या महानगरपालिकासँग नहुँदा नगरबासीको यकिन तथ्यांक महानगरपालिका कार्यालयसँग नै नभएको महानगरपालिका स्वीकार्छ।  “हामीसँग काठमाडौंमा सञ्चालनमा रहेका होस्टलको यकिन संख्या थाहा छैन। होस्टल सञ्चालन भएका घर र घरधनीको विवरण अभिलेख गर्न ३२ वटै वडा कार्यालयलाई भनेका छौं। होस्टलको डाटा आउन बाँकी छ”, काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले भने, “यसले हाम्रो महानगरको कूल जनसंख्या कति हो भन्नेमै केही असपष्ट पारेको छ। हामी तालुक र मातहत निकासँग छलफल गरेर काठमाडौंमा दर्ता र सञ्चालन भएका होस्टलको डाटा चाँडै सार्वजनिक गर्नेछौं।”

एसईई परीक्षा सकेर वैशाखमा, प्लस टु परीक्षा सकेर असारमा र स्नातकको परीक्षा सकेर मंसिरमा काठमाडौंमा होस्टल भर्ना हुने विद्यार्थीको चाप रहन्छ। यस्तै लोकसेवा आयोगको परीक्षा, बैंक तथा अन्य विभिन्न सरकारी र निजी सेवाको परीक्षाको तयारीका लागि अध्ययनरत विद्यार्थीको चाप होस्टलमा रहने गरेको अध्यक्ष दाहालले बताए।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC