site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धड्कन बढाउने ‘बदला’
Sarbottam CementSarbottam Cement

द्रौपदीले भनेकी छन्— बदला सधैं सही हुँदैन । तर, माफ गर्नु पनि सधैं सही हुँदैन ।

यही संवादको वरिपरि घुमेको छ– सुजोय घोषको ‘बदला’ । सुजोयको यो सस्पेन्स थ्रिलर स्पेनी फिल्म ‘द इन्भिजिवल गेस्ट’को आधिकारिक रिमेक हो । जसले मूल फिल्म हेरेको छैन, उनीहरूलाई ‘बदला’को सस्पेन्स, थ्रिल र जबर्जस्त प्रस्तुतिले २ घण्टासम्म बाँधिराख्छ । जसले ‘द इन्भिजिवल गेस्ट’ हेरेको छ, उनीहरूलाई पनि यसले निराश बनाउँदैन ।

कथा हो— प्रसिद्ध व्यवसायी नैना सेठी (तापसी) पन्नुको, जसलाई एक हत्याको अभियोग लागेको छ । उनले आफ्ना कानुनी सल्लाहकार मानव कौलमार्फत प्रतिष्ठित र चर्चित वकिल बादल गुप्ता (अमिताभ बच्चन)लाई आफ्नो मुद्दामा अनुबन्ध गर्छिन् । बादल गुप्ता प्रमाणमा यति सशक्त रूपले काम गर्छन् कि यही कारण आफ्नो ४० वर्षे करिअरमा उनले एउटा पनि मुद्दा हारेका हुँदैनन् । नैनामाथि अनुसन्धान गर्दा उनले थाहा पाउँछन् कि उनको अर्जुन (टोनी ल्युक) नामक युवकसँग प्रेम सम्बन्ध छ । यद्यपि नैनाले यसलाई गल्ती मान्छिन् । आफूलाई ब्ल्याकमेल गरिएको र हत्यामा योजनाबद्ध रूपले फसाइएको तथा आफूले केवल पति र छोरीलाई प्रेम गर्ने बताउँछिन् । सोधपुछ र कुराकानीका क्रममा रानी (अमृता सिंह) र उनका पतिजस्ता अरू कलाकारको पदार्पण हुन्छ, जसले यो मुद्दालाई पूरै घुमाइदिन्छन् । के बादल आफ्नो अनवरत अपराजयलाई कायम राख्न सफल हुन्छन् ? के उनले नैनालाई निर्दोष सावित गर्न सक्लान् ? यसका लागि फिल्म हेर्नैपर्ने हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जहाँसम्म निर्देशनको सवाल छ, सुजोयले सस्पेन्स थ्रिलरको रूपमा ‘द इन्भिजिवल गेस्ट’जस्तो उत्कृष्ट फिल्म रोजे । तर, रिमेक गर्दा उनले यसलाई थिएट्रिकल हुनबाट जोगाउन सकेनन् । फिल्मको पटकथा अझै कसिलो हुनुपथ्र्यो । यसका बाबजुद फिल्मले सस्पेन्स जोगाइराख्छ । यो फिल्म दुई मुख्य पात्र— तापसी र अमिताभको आँखाबाट बनाइएको हुँदा धेरै ठाउँमा दोहोरिएको भान हुन्छ तर फिल्मले बोर गर्दैन । जटिल कथा सुजोयलाई बढी मन पर्छन् । यहाँ पनि पात्रमार्फत कथालाई जटिल बनाउन उनी सफल छन् । तर, ‘बदला’को प्रिक्लाइम्याक्समा क्लाइम्याक्सको अन्दाज भइसक्छ, जुन मूल स्पेनी फिल्म हेर्दा हुँदैन । यस्तो हुनु हुँदैनथ्यो ।

तर, यति भन्दाभन्दै पनि यो फिल्म ‘द इन्भिजिवल गेस्ट’को रिमेक हो भन्ने तथ्यले खासै फरक पार्दैन । अमिताभ बच्चन र तापसी पन्नुको प्रस्तुतिले यसलाई विशिष्ठ र मौलिक बनाएको छ । यो फिल्म नैना र बादलबीचको कसिलो संवादमा अडिएको छ । दुईबीचको कुराकानी र अन्तक्र्रियाले दर्शकलाई एकदमै अँठ्याइराख्छ । ‘बदला’को सम्पूर्ण आवरण एक आरोपी र वकिलबीचको संवाद हो ।

Global Ime bank

निर्देशक सुजोय र सहलेखक राज वसन्तले यो फिल्मलाई भारतीय सन्दर्भमा उतार्न धेरै नै मेहनत गरेका छन् । महाभारतको सन्दर्भ पनि पेचिलो गरी राखिएको छ । केही संवाद दोहोरिएको लागे पनि पात्रको भावना र परिस्थितिलाई मध्यनजर गर्ने हो भने त्यसलाई नजरअन्दाज गर्न सकिन्छ । लगातारको फ्ल्यासब्याक सिक्वेन्सले बेलाबेला दर्शकलाई अलमलमा पारिदिन्छन् ।

अमिताभलाई यो शताब्दीकै महानायक यसकारण मानिन्छ कि उनले चरित्रको अन्तर्य र उसको प्रस्तुतिलाई मात्रै सटिक ढंगले बुझ्दैनन् कि आफूअगाडिको कलाकारलाई पनि उत्तिकै सबल तरिकाले आत्मसात गरेर अभिनयको सिलसिला कायम राख्छन् । ‘बदला’मा पनि उनले पात्रका हरेक कोणलाई जबर्जस्त बुझेर काम गरेका छन् । तापसी पन्नु अभिनेतृको रूपमा महानायकको सामुन्ने थोरै पनि भयभीत देखिँदैनिन् । यो कुरा उनले ‘पिंक’मा पनि प्रमाणित गरिसकेकी छन्, जहाँ उनी अमिताभसँग पहिलोपटक आमनेसामने थिइन् । नैनाको रूपमा उनले चरित्रको निर्दोषपनालाई सुन्दर ढंगले निभाएकी छन् । नैनाको जीवनमा थुप्रै त्यस्ता गिर्खाहरू छन्, जुन कथा अघि बढ्दै जाँदा खुल्दै जान्छन् । तापसीले यी सबै अवस्थामा आफूलाई सुन्दर ढंगले प्रस्तुत गरेकी छन् ।

सिनेम्याटोग्राफर अविक मुखोपाध्यायले विषयअनुसार फिल्मको टोनलाई बचाएका छन् । अमृता सिंहलाई पर्दामा दमदार प्रस्तुतिका साथ हेर्दा आनन्द लाग्छ । मानव कौलले यो भूमिकामा काम किन गरे, बुझ्न सकिन्न । किनकि उनको हिस्सामा गर्नेजस्तो केही काम थिएन । दक्षिण भारतीय कलाकार टोनी ल्युक अर्जुनको रूपमा ठीकठाक देखिन्छन् तर उनको लवज खड्किन्छ । मोनिसा आर बल्दावाको सम्पादन र क्लिन्ट सेरेजोको ब्याकग्राउन्ड स्कोरले फिल्मको मर्मलाई बचाएका छन् ।

सुजोय घोष जटिलखाले थ्रिलर बनाउन पोख्त छन् । ‘कहानी’ र ‘कहानी–२’ जस्ता सस्पेन्स थ्रिलर बनाइसकेका सुजोयले ‘बदला’मा पनि आफ्नो अन्दाजलाई कायम राखेका छन् । समग्रमा दर्शकको धड्कन बढाउन ‘बदला’ले कुनै कसर बाँकी राखेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २, २०७५  ०२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC