site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोहितको कप्तानीमा भारत भ्रमण जाने यु-१९ क्रिकेट टोलीको घोषणा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मलेसियामा अप्रिल १० देखि सुरु हुने आइसीसी यु-१९ विश्वकप अन्तगर्त एसिया छनोटको तयारीका लागि भारत भ्रमणमा जाने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।

रोहित कुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो। भ्रमण जानु एक दिनअघि शुक्रबार प्रशिक्षक बिनोद दासले टोली घोषणा गरेका हुन्। रोहितको कप्तानीमा घोषित टोलीमा मोहमद आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, भिम सार्की, रबि कुमार शाह, रित गौतम, कमलसिंह ऐरी, रासिद खान र सागर ढकाल छन्।
 
यस्तै अभिशेक बस्नेत, कुसल मल्ल, हरि बहादुर चौहान, प्रतिस जिसी, आकाश चन्द, सुर्य तामाङ, लोकेश बहादुर मल्लले पनि टोलीमा स्थान बनाएका छन्। नेपालले भारत भ्रमणमा आन्द्रा प्रदेश क्रिकेट टोलीसँग ४ अभ्यास खेल खेल्नेछ। अभ्यासपछि १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गर्ने प्रशिक्षक दासले बताए। अभ्यासका क्रममा ब्याटिङ कन्सलटेन्ट अपूर्व देशाइले नेपाली टोलीलाई प्रशिक्षण गर्नेछन्। नेपाली टोली शनिबार दिउँसो २:४० बजे भारत प्रस्थान गर्नेछन्।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC