एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप वैशाखमा 

एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप वैशाखमा 

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप वैशाख अन्तिम साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को सहयोग र एकेडब्लु चीनको समन्वय तथा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा बैशाख २८ गते च्याम्पियनसीप हुने तय भएको हो। 

त्रिपुरेश्वरस्थित कर्भडहलमा वैशाख २८ गते दिउँसो हुने प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इंग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका टप रेस्लरबीच प्रतिस्पर्धा हुनेछ। नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्नेछन्। 

त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुनेछ। चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन्। त्यस्तै हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन्। न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । 

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ। जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वर्ल्ड च्याम्पियनको वेल्ट प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु,  वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन्। नेपाल र चीनबीचको मित्रतालाई उत्सवका रुपमा मनाउने योजनासहित संघले चीनद्वारा प्रायोजित वान वेल्ट वान रोड केन्द्रित गदै प्रतियोगिता आयोजना गरेको हो। 

प्रतिकृया दिनुहोस
ad