छिमेकीबाट जोगाउन राजसंस्था चाहिन्छ : कमल थापा

छिमेकीबाट जोगाउन राजसंस्था चाहिन्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्व महाशक्तिका रुपमा उदाइरहेका छिमेकी मुलुकबाट जोगाउन नेपालमा राजसंस्थाको आवश्यक बढेको बताएको छ।
 
‘मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ समापन समारोहमा राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रलाई एकताको सुत्रमा आबद्ध गर्न चुनावी राजनीतिभन्दा माथि उठेको साझा संस्थाको रुपमा राजसंस्थाको आवश्यता बढ्दै गएको बताएका हुन्।
    
‘‘नेपालका दुबै छिमेकी मुलुक चीन र भारत महाशक्ति बन्ने होडमा छन्। उनीहरुको स्वार्थ नेपालमा हुन्छ। यदाकदा पार्टी र पार्टीका नेताहरु अन्यथा नठान्ने हो भने बिकाउ पनि हुन सक्दछन्,’’ समापन समारोहमा उनले भने, ‘‘यस्तो अवस्थामा राष्ट्रलाई एक्ताको सुत्रमा आबद्ध गर्न एउटा चुनावी राजनीतिभन्दा माथि उठेको साझा संस्थाको रुपमा राजसंस्थालाई पनि सानो स्पेस दिन आवश्यक छ।’’
 
निरंकुश हुन नदिन र प्रजातन्त्र मासिन नदिन राजालाई भविष्यमा निरंकुश बन्न नसक्ने र प्रजातन्त्र मास्न नसक्ने गरी घेराबन्दीमा राख्न सकिने अध्यक्ष थापाको भनाइ थियो। ‘‘कतिपयले राजालाई फेरि ठाउँ दिए राजा निरंकुश हुन्छन्, प्रजातन्त्रलाई मास्छन् भन्ने गुनासो र आशंका हुनसक्छ। यदी त्यो आशंका सही हो भने यसको पनि उपाय खोज्न सकिन्छ,’’ उनले भने, ‘‘भविष्यमा राजा निरंकुश बन्न नसक्ने, प्रजातन्त्रलाई मास्न नसक्ने घेराबन्दी हामी गर्न सक्छौं।’’

राप्रपाका अध्यक्ष थापाले राजालाई निरंकुश हुन नदिने उपाय पनि समापन समारोहमा सुझाए। उनले भने, ‘‘संसदको नियन्त्रणमा रहने, संविधानको परिधिभित्र रहने एउटा सेरेमोनियलको रुपमा एकताको प्रतिकका रुपमा राजसंस्थालाई केही स्पेस दिउ र लोकतन्त्रलाई बलियो बनाऔं।’’
 
उनले विगत १२ वर्षदेखिको राजनीतिक अभ्यासबाट मुलुकमा छ वटा प्रवृत्ति सिर्जना भएको पनि बताए। थापाले भने, ‘‘१२ वर्षदेखिको राजनीतिक अभ्यासबाट छ वटा समस्या भन्नुस अथवा प्रवृत्ति सिर्जना भएका छन्। पहिलो गरिबी र बेरोजगारी समस्या विकाराल, दोस्रो लोकतन्त्रको आवरणमा लुटतन्त्र चलेको छ, बिखण्डनकारी तत्व सतहमा देखिएको छ।’’ उनले यो बीचमा सनातन धर्म र संस्कृतिमाथि आक्रमण बढ्नुका साथै सर्वसत्तावादको संकेत र नयाँ माओवादीको पुनरावृत्ति भएको पनि बताए।
 
अहिलेकै अभ्यासलाई निरन्तता दिँदै गए देशमा फेरि राजनैतीक अस्थिरता र अराजकताको वातावरण सिर्जना भएर देश अन्ततः विखण्डनततर्फ जाने सम्भावना प्रवल रहेको थापाको भनाइ थियो।

राप्रपाले मुलुकमा सिर्जना भएका प्रवृत्तिको अन्यका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरिएको पनि जनाएको छ। ‘‘यस्तो घामझैं टड्कारो यथार्थलाई दृष्टिगत गरेर राप्रपाले जनता बिउझाउने अभियान सुरु गरेको हो,’’ अध्यक्ष थापाले भने, ‘‘कुनै धर्म, सम्प्रदायको विरुद्धमा होइन, सरकारका विरुद्ध होइन, पार्टीको विरुद्धमा पनि होइन यो देश बचाउने र बनाउने अभियान हो। स्वधर्मको रक्षा र राष्ट्रिय अखण्डताको संकल्प हो।’’ 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

कमल थापाले 'हलो' स्वीकारे हामी 'राप्रपासँगको एकता' स्वीकार्छौं : राप्रपा (संयुक्त)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाले हलो स्वीकार

राप्रपाले अब सत्ताका लागि राजनीति गर्दैनः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा)को मेची महाकाली स्वाभिमान यात्रा आज काठमाडौंमा समापन भएको छ । भृकुटीमण्डपमा आयोजित समापन समारोहमा

सिके राउत र नेपाल सरकारबीच रहस्यपूर्ण सम्झौता : कमल थापा

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउत र नेपाल सरकारबीचमा भएको सम्झौता अत्यन्तै भ्रमपूर्ण, अन्योलपूर्ण र रहस्यपूर्ण भएको

सिके राउतसँगको सम्झौता डरलाग्दो पनि हुनसक्छः कमल थापा 

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौताप्रति आशंंका ब्यक्त गरेका छन् । सहमति