site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारलाई विप्लव समूहको जवाफ–हतियार भए पो बुझाउनू
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले प्रतिबन्ध घोषणा गरे पनि विप्लव समूहले तत्काल प्रतिरोधमा नउत्रने रणनीति बनाएको छ ।

पार्टी गतिविधिमाथि सरकारले अङ्कुस लगाउँदा जनस्तरबाट सहानुभूति मिलेको र सरकारसँग असन्तुष्ट पक्षले प्रतिबन्धप्रति विरोध जनाएकाले आफूहरूलाई ‘राजनीतिक आड’ मिलेको निष्कर्ष निकाल्दै विप्लव समूहले शान्तिपूर्ण राजनीतिकै बाटो अङ्गिकार गर्ने जनाएको हो ।

शुक्रबार बाह्रखरीसँग कुरा गर्दै विप्लव समूहका पोलिटब्युरो सदस्य ओम पुनले सरकारले नेता–कार्यकर्तामाथि धरपकड, गिरफ्तार र मुठभेडमै उत्रने तयारी गरेको भए पनि आफूहरूले शान्तिपूर्ण तवरले प्रतिवाद गर्ने जानकारी दिए । “सरकारले प्रतिबन्ध लगाए पनि हाम्रो राजनीतिक र संगठनात्मक अभियान निरन्तर अगाडि बढ्छ, राज्यले युद्धको घोषणा गरिहाले पनि हामी युद्धको घोषणा नगर्ने भन्ने नै छ । दमनलाई प्रतिवाद गर्दै जान्छौँ,” उनले भने ।

Agni Group

‘हतियार भए पो बुझाउनू !’
सरकारले विप्लव समूहलाई ३५ दिनभित्र हतियार बुझाउन विप्लव समूहलाई आग्रह गरेको छ । तर, विप्लव समूहका अर्का पोलिट्ब्युरो सदस्य मोहन कार्की आफूहरूसँग कुनै हातहतियार नभएको दाबी गर्छन् । “एकातिर प्रतिबन्ध लगाउने, अर्कातिर वार्ताका लागि रातो कार्पेट बिछ्याएको छु भन्ने, अर्कोतिर हतियार बुझाउने हदम्याद तोक्ने, यी सबै दमनका हत्कण्डा हुन्, कलाविहीन नाटक हुन्,” उनले अर्थ्याए ।

उनले सरकाले हतियार बुझाउन आदेश दिएको आफूहरूले थाहा पाए पनि कुनै हातहतियार नभएको आफूहरू निःशस्त्र रहेको जिकिर गरे ।

Global Ime bank

“शान्तिपूर्ण रूपमा गतिविधि गरिरहेका छौँ । दुई महिने राजनीतिक अभियान सकेर गतिविधिको समीक्षा गरिरहेका छौँ । हामी संगठन सुदृढीकरण अभियानमा छौँ, हतियारबन्द आन्दोलनमा छैनौँ,” उनको प्रष्टीकरण थियो ।

‘वार्तामा बस्न मन भए प्रतिबन्ध फुकुवा गर’

पोलिटब्युरो सदस्य कार्कीले सरकारले वार्ताका नाममा षड्यन्त्र गरेको आरोप लगाए । “वार्ताद्वारा समाधान गर्न रहर लागेको भए प्रतिबन्ध किन लगाएको ?,” उनले प्रश्न गर्दै भने, “सरकारले मन्त्रिपरिषद्को बैठक राखेर प्रतिबन्ध फुकुवा गरोस्, वार्ता समिति गठन गरे औपचारिक पत्र पठाओस् । हामी वार्तामा बस्न तयार छौँ ।”

उनले अहिले पनि नेता–कार्यकर्तामाथि धरपकड जारी रहेकाले सरकारले नै सहमतिको वातावरण खल्बल्याएको आरोप लगाए ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC