च्याम्पियन्स लिग : क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने टोली ‘हेड टु हेड’ को बलियो ? 

च्याम्पियन्स लिग : क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने टोली ‘हेड टु हेड’ को बलियो ? 

एजेन्सी । च्याम्पियन्स लिग क्वार्टरफाइनलअन्तर्गत बार्सिलोनाले म्यान्चेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ। शुक्रबार सार्वजनिक भएको ड्र अनुसार बार्सिलोनाले क्वार्टरफाइनलमा युनाइटेडलाई प्रतिद्वन्द्वी पाएको हो। 

बार्सिलोना र युनाइटेडबीच भएका हालसम्मका ११ खेलहरुमा बार्सिलोनाले चार र युनाइटेडले तीन खेल जितेका छन् भने चार खेलमा बराबरी भएको छ। 

यसैगरी युभेन्ट्सले क्वार्टरफाइनलमा आयाक्सलाई प्रतिल्‍वन्द्वीको रुपमा पाएको छ। नेदरल्याण्डको क्लब आयाक्स र इटालियन क्लब युभेन्ट्सबीचको खेल निकै रोमाञ्चक हुने मानिएको छ। 

युभेन्ट्स र आयाक्सबीच भएका हालसम्मका १२ खेलहरुमा युभेन्टसले छ खेलमा जित, दुई खेलमा हार र चार खेलमा बराबरी खेलेको छ।
 
युभेन्ट्सले १५ गोल गरेको छ भने नौँ गोल खाएको छ। उता, दुई इङिलस क्लबले क्वार्टरफाइनमा प्रतिस्पर्धा गर्ने भएका छन्। म्यान्चेस्टर सीटी र टोटेनहमले क्वार्टरफाइनमा प्रतिस्पर्धा गर्ने भएका हुन्।
 
त्यसैगरी अर्को खेलमा लिभरपुल र पोर्टो भिड्ने पक्का भएको छ। 
 

प्रतिकृया दिनुहोस
ad