बार्सिलोनाको प्रतिद्वन्द्वी युनाइटेड, दुई इङ्लिस क्लब आमनेसामने 

बार्सिलोनाको प्रतिद्वन्द्वी युनाइटेड, दुई इङ्लिस क्लब आमनेसामने 

एजेन्सी । च्याम्पियन्स लिग क्वाटरफाइनल अन्तर्गत बार्सिलोनाले म्यान्चेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार सार्वजनिक भएको ड्रअनुसार बार्सिलोनाले क्वाटरफाइनलमा युनाइटेडलाई प्रतिद्वन्द्वी पाएको हो । 
बार्सिलोना र युनाइटेडबीच भएका हालसम्मका ११ खेलहरुमा बार्सिलोनाले चार र युनाइटेडले तीन खेल जितेका छन् भने चार खेलमा बराबरी भएको छ । 
यसैगरी युभेन्टस र आयाक्स यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनमा भिड्ने भएका छन् । शुक्रबार सार्वजनिक च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्रअनुसार रोनाल्डो पे्ररित इटालियन टोलीले डच टोलीको सामना गर्ने भएको हो ।
उता, दुई इङिलस क्लबले क्वार्टरफाइनमा प्रतिस्पर्धा गर्ने भएका छन् । म्यान्चेस्टर सीटी र टोटनह्याम यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनमा भिड्ने भएका हुन् । शुक्रबार सार्वजनिक च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्रअनुसार दुई इङ्लिस टोलीले सामना गर्ने भएका हुन् ।
त्यसैगरी अर्को खेलमा लिभरपुल र पोर्टो भिड्ने पक्का भएको छ ।


प्रतिकृया दिनुहोस
ad