site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाले अब सत्ताका लागि राजनीति गर्दैनः कमल थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा)को मेची महाकाली स्वाभिमान यात्रा आज काठमाडौंमा समापन भएको छ । भृकुटीमण्डपमा आयोजित समापन समारोहमा पार्टी अध्यक्ष कमल थापाले राप्रपाले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने बताए ।

“जस्तोसुकै प्रतिकूल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा छोड्नेछैन, जस्तोसुकै कठिन अवस्थामा पनि नेपाली जनतालाई धोका दिनेछैन,” उनले भने, “विगतका त्रुटीका कारण जनतामा पर्न गएको खिन्नताप्रति दुःख व्यक्त गर्दै क्षमा याचना गर्दछु ।” स्वाभिमान यात्रा रमाइलोको लागि, घुमफिरको लागि नभएर स्वाभिमानको सन्देश दिन भएको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

यात्राको मुख्य उद्देश्य हिन्दु राष्ट्र कायम गर्नु रहेको उनले जानकारी दिए । “राजसंस्था पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण, गरिबी र अन्य समस्याको समाधानका निमित्त जनतालाई जागरुक र सरकारलाई दबाब दिनु यस्को अर्को उद्देश्य हो,” उनले थपे, “अभियानले हिन्दु राष्ट्र, राजंसंस्थासहितको लोकतन्त्र, राष्ट्रिय अखन्डताका पक्षमा लहर सृजना गरेको छ । अभियानले गाउँघर ब्युँझाउन सफल भएको छ ।” 

यात्रा फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको थियो । त्यसअघि राप्रपाले २२ बुँदे माग राखेर फागुन ७ गते सरकारलार्इ ज्ञापनपत्र बुझाएको थियो । भोलिबाट सुरु हुने पार्टीको विस्तारित बैठकले आन्दोलन तय गर्ने पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC