site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक एक पाइलाको ‘१८ औं पाइला’ जाजरकोटमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । भूकम्पपछि प्रभावित जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको एक एक पाइलाले आफ्नो १८ औं शिविर जाजरकोटमा सम्पन्न गरेको छ । जाजरकोट जिल्ला अस्पताल, भेरी नगरपालिका, रेडक्रस सोसाइटी र एचआरडीसी जाजरकोटको समन्वयमा एक एक पाइलाको १८ औं पाइला सम्पन्न गरिएको डा. सुधांसु केसीले जानकारी दिए ।

फागुन २६ देखि २८ गतेसम्म तीनदिन चलेको कार्यक्रममा सुर्खेत आँखा अस्पताल, स्पर्श र इम्प्याक्ट नेपालले सहकार्य गरेका थिए । शिविरबाट दुई हजार ३३० जना लाभान्वित भएका छन् । शिविरमा २२६ जनाले आँखा चेक गराएका थिए । 
त्यसैगरी हाडजोर्नीसम्बन्धी समस्या भएका ७०८ जनाको चेकजाँच गरिएको थियो ।

Agni Group

\"\"

जसमा १६२ जनाको शल्यक्रिया र १५८ जनाको एक्स–रे गरिएको थियो । छाला सम्बन्धी समस्या भएका ४३२ जनाको उपचार गरिएको थियो । २६८ जना बालबालिकाको चेकजाँच गरिएको थियो । प्रजनन सम्बन्धी ५१० जना महिलालाई चेकजाँच गरिएको थियो भने ५१६ जनाको नाक–कान–घाँटी रोग सम्बन्धी समस्या भएकाको चेकजाँच गरिएको थियो । ६२९ जनाको दाँतका बिरामीको चेकजाँच गरिएको थियो । २३२ जनाको युएसजी, ३१२ जनालाई प्याथोलोजी सेवा उपलब्ध गरिएको थियो ।

Global Ime bank

\"\"

एक एक पाइला अभियानले यसअघि भूकम्प प्रभावित १२ जिल्लाबाहेक जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लामा पनि शिविर सञ्चालन गरिसकेको छ । २० जना चिकित्सक, १० जना नर्ससहित ४५ जनाको टोली शिविरमा खटिएको थियो ।

\"\"

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC