site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार जनताले दिएको म्यान्डेटका विरुद्धमा लाग्‍यो : नेता सिंह
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले द्वन्द्व निम्त्याउन सरकार आफैं लागि परेको बताएका छन्। नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेता सिंहले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका हुन्। 

राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्ने भए पनि एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाए। "राष्ट्रिय सुरक्षामा आएको समस्या समाधाना गर्न अरू दलसँग पनि छलफल गर्नुपर्ने थियो", उनले भने, "तर नेकपाका कतिपय नेताले नै थाहा नपाएको बताएका छन्। दुई तिहाई बहुमत छ भन्दैमा अरू दललाई चासो नदिने?"

Prabhu Bank
Agni Group
NIC Asia

नेता सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सबै दलसँग छलफल र वार्ता गरेर निकास निकाल्नुपर्ने बताए। उनले प्रतिबन्ध मात्र समस्याको समाधान नभएको बताएका छन्। 

यस्तै सरकारले सिके राउतसँग ११ बुँदे समझदारी गरेर नेपालको संविधानको विपक्षमा अघि बढेको आरोप लगाए। उनले सरकारले सिके राउतले जनमत संग्रह गर्ने सहमति भएको दाबी गरिरहँदा पनि सरकार चुप भएको भन्दै आपत्ति जनाए। "सिके राउत र सरकारले मम्झौताबारे दुबैले आ-आफ्नै व्याख्या गरिरहेका छन्", उनले भने, "सीके राउत जनमतसंग्रहको विषयमा बोल्दा सरकार किन चुप छ?"

Global Ime bank

नेता सिंहले सरकार जनताले दिएको म्यान्डेटको खिलापमा गएको आरोप लगाए। 

नेपाल टेलिकम अझ प्रभावकारी बनाउन कर्मचारी र व्यवस्थापनलाई मिलेर अघि बढ्न समेत आग्रह गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्। अधिवेशन शुक्रबार र शनिबार चल्‍नेछ। 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC