खेल
एजेन्सी । नेपालकी नम्बर एक महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकाको गल्फ प्रतियोगिता सिमेट्रा टुरमा भाग लिने भएकी छन् । उनले अमेरिकाको चर्चित गल्फ प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्न लागेकी हुन् । प्रतियोगिता मार्चको अन्तिम साताबाट क्यालिफोर्नियामा हुने छ ।
प्रतिमाले नेपालको पहिलो प्रोफेसनल महिला गल्फर बन्ने चाहना पूरा हुन लागेको बताएकी छन् । अन्तर्राष्ट्रिय मिडिया इएसपीएनसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । १९ वर्षीय प्रतिमाले सिमेट्रा टुरमा भाग लिन पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएकी छिन् । सिमेट्रा टुर मार्च २९ देखि ३१ सम्म हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५ १४:४०
प्रतिक्रिया दिनुहोस्