site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसईईको तयारी पूरा, प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यही चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र प्रदेशलगायतका सबै केन्द्रहरुमा पुर्याइसकिएको जानाएको छ ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईईको सबै तयारी पूरा भएको बताए । उनले यस वर्ष नियमिततर्फ ५ लाख परीक्षार्थी एसईई परीक्षामा सामेल हुने जानकारी दिए । एक्जाम्टेडतर्फ भने ५० हजार परीक्षार्थी छन् । 
यस वर्ष केन्द्र र प्रदेश गरी कूल १ हजार ९ सय ६१ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षाका लागि खटाइने सुरक्षाकर्मी तथा निरीक्षक र गार्डहरु स्थानीय तहले नै खटाउने निर्णय भएको बोर्डले जनाएको छ । 
प्रश्नपत्र पनि यस वर्षदेखि प्रदेश अनुसार फरक–फरक हुनेछ । एसईई परीक्षामा प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन हुने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले यस वर्षको एसईईको परीक्षामा अनिवार्य ६ विषयको परीक्षा समानान्तर सेटबाट सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । एसईई चैत १० गते सुरु भई २१ गते बिहीबारसम्म जारी रहने छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । 

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC