site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'नेपाली भूमि मिचियो\' भन्दै जेनेभामा पत्रकार सम्मेलन, भर्त्सना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालको भूमि मिचिएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा पत्रकार सम्मेलन गरेका छन् । त्यहाँबाट प्रेषित समाचारमा जनाइएअनुसार भारतले उसको स्वतन्त्रतासँगै स्वतन्त्र भएको नेपालको करिब ६० हजार वर्ग किलोमिटर भूमिमा कब्जा जमाएर उपनिवेश कायम गर्नु स्वतन्त्रता र मानव अधिकार उल्लङ्घनको ठोस उदाहरण भएको उनले सो अवरमा दाबी गरेका थिए । 

जेनेभाको स्वीस प्रेस क्लबमा भारतका पन्जाब, मद्रास, मणिपुर र त्रिपुराका मानवअधिकार प्रतिरक्षाका क्षेत्रमा सङ्घर्षरत प्रतिनिधिका निम्ति आयोजित प्रेस भेटघाट कार्यक्रममा मोर्चाका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

Agni Group

बीबीसी, सीएनएन, स्विस टेलिभिजनका प्रतिनिधि समेत जेनेभामा  फेब्रुवरी २५ देखि भइरहेको मानवअधिकार परिषद्को ४० औँ सत्रका गतिविधिबारे समाचार सङ्कलन गर्न आएका करिब डेढ दर्जन पत्रकारसँग संवाद गर्दै नेपालले ९० वर्ष ब्रिटिश उपनिवेशविरुद्ध लडेको भारतले आफू स्वतन्त्र हुनासाथ त्यसरी नै नेपाली भूमिमा जबरजस्ती कब्जा जमाउनु मानवअधिकार, प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताको चरम उपहास भएको आरोपसमेत लगाएका थिए । 

अध्यक्ष नेपालले आफूले सो अवसरमा ग्रेटर नेपालको नक्सा बाँड्दै आफूलाई संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक बताउने भारतले २१ औँ शताब्दीमा उपनिवेशजस्तो अमानवीय, अप्रजातान्त्रिक र मानव स्वतन्त्रता विरोधी क्रियाकलाप देखाउनु निन्दनीय भएको बताएका थिए । 

Global Ime bank

उनले एकातिर भारतले भारतभित्रकै अल्पसंख्यकहरूमाथि धार्मिक विभेद र छुवाछूतको व्यवहार गरिरहेको र अर्कातर्फ नेपालमा आफ्नो अर्धसैनिक बल राखेर नेपाली जनतालाई त्रास र मानसिक पीडामा राख्तै आएको पनि आरोप लगाएका छन् । 

भारतले सैनिक बलको आडमा प्रजातन्त्र र स्वतन्त्रताको गला दबाइरहेको आरोप लगाउँदै ग्रेटर नेपालका अभियन्ता नेपालले नेपाली भूमिमा भारतीय उपनिवेशको अन्त्यका लागि सहयोग गर्न त्यहाँ उपस्थित अन्य प्रतिनिधिलाई आग्रह गरेको पनि बताएका छन् । उनले नेपालमा सडकमा ग्रेटर नेपालको आवाज उठाउँदा प्रहरीले पक्राउ गर्ने र प्रहरी हिरासतमा राख्ने गरेको बताउँदै विश्व समुदायले तिरस्कार गरेको उपनिवेशजस्तो अमानवीय व्यवहारलाई भारतले अँगालिरहेकोमा मानवअधिकारको क्षेत्रमा लडिरहेकाहरूले यसको खुलेर भत्र्सना गर्नुपर्ने जनाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC