site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बन्दको असर पर्यटन क्षेत्रमा, सतर्क रहन आग्रह गर्दै बेलायतले जारी गर्‍यो ट्राभल एडभाइजरी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालमा केही समययता बन्द र विरोध प्रदर्शन जस्ता कार्यक्रम हुन थालेपछि मित्र राष्ट्रहरुले ट्राभल एडभाइजरी जारी गरेर नेपाल भ्रमण गर्दा सतर्क रहन आफ्ना नागरिकहरुलाई आग्रह गर्न थालेका छन् । सोही क्रममा बेलायतले नेपाल भमणमा रहेका बेलायती नागरिकलाई सतर्क रहन आग्रह गर्दै बिहीबार नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ । 
खासगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आयोजना गरिएको नेपाल बन्दमा केन्द्रीत रहेर जारी गरिएको ट्राभल एडभाइजरीमा बाहिर निस्कँदा सुरक्षाकर्मीको सल्लाह लिन र मुख्य सडकमात्रै प्रयोग गर्न आग्रह गरिएको छ । सो एडभाइजरीमा राजनीतिक हिसाबका प्रदर्शन भइरहेको र हड्ताल जस्ता गतिविधि नेपालमा सामान्य भएको जनाउँदै त्यस्ता गतिविधि छोटो सूचनाकै आधारमा हुन सक्ने तथा कानुन कार्यान्वयन निकाय र प्रदर्शकारीबीच जुनसुकै बेलामा झडपको अवस्था आउन सक्ने जनाइएको छ । 
वक्तव्यमा प्रदर्शनबाट जोगिन समेत आग्रह गरिएको छ । स्थानीय समूहले व्यापारिक समुदायमाथि चन्दा असुलीको कार्य अघि बढाइरहेको जनाउँदै  एडभाइजरीमा चन्दा असुल्ने कार्य गैरसरकारी निकाय र स्थानीय तथा अन्तर्राष्ट्रिय विद्यालयमा समेत हुने बताइएको छ । 
गएको फेब्रुवरी र मार्च महिनामा काठमाडौंमा नै विस्फोटक पदार्थ प्रयोग गरिएको जनाउँदै एडभाइजरीमा त्यसमा एक जनाको मृत्यु भएको तथा केही घाइते भएको समेत उल्लेख गरिएको छ ।
नेपाल भूकम्पको प्रमुख क्षेत्रमा रहेको र सानातिना भूकम्प गइरहन सक्ने जनाउँदै सो सम्बन्धी सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।  नेपालमा मनसुन जुन देखि सेप्टेम्बरसम्म रहने जनाउँदै सडक यातायात खासगरी दुर्गम क्षेत्रमा नेपालमा खतरापूर्ण हुन सक्ने जनाइएको छ । 
नेपालका सबै विमान कम्पनीलाई युरोपेली संघ (इयु)का राष्ट्रमा अनुमति नरहेको जनाउँदै एडभाइजरीमा रातिको समयमा नेपालमा नहिँड्न समेत सचेत गराइएको छ । वायु प्रदूषणसमेत व्यापक रुपमा रहेको समेत बेलायतले जनाएको छ । आतंककारी समूहका गतिविधि पनि हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गर्दै नेपाल जानुअघि विस्तृत रुपमा ट्राभल एण्ड मेडिकल इन्सुरेन्स गराउन आग्रह गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका एक अधिकारीले बाह्रखरीसँगको कुराकानीमा बन्द–हड्ताल जस्ता गतिविधिले देशको पर्यटन क्षेत्रलाई नकारात्मक असर पर्ने बताए । 
नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष लिएको छ । तर, देशमा आन्तरिक द्वन्द्वका घटना बढ्दा त्यसले पर्यटन क्षेत्रलाई अप्ठेरो पार्ने अवस्था देखिएको  उनले बताए ।
उता पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमीरेले भने बन्द लगायतका गतिविधिहरु राजनीतिक कारणले भइरहेकाले आफूले ती विषयमा बोल्न नमिल्ने अवस्था भएको बताए ।

तस्बिर: रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC