site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्युजिल्याण्ड गोलीकाण्डमा ४० को मृत्यु, चारजना पक्राउ
Sarbottam CementSarbottam Cement

न्युजिल्याण्ड । न्युजिल्याण्डका दुई मस्जिदमा भएको गोली प्रहारमा कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। उक्त घटनामा २० जना गम्भीर घाइते भएका छन्। 

न्युजिल्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले यस घटनालाई आतंककारी आक्रमणको संज्ञा दिएकी छन्। उनले यस घटनालाई मुलुकको कालो दिन भएको समेत बताएकी छन्। 

गोली प्रहारमा संलग्न भएको आरोपमा तीन पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको प्रहरी आयुक्त माइक बुसले भने, "तर घटनामा अन्य पनि संलग्न भएको आशंका गरिएको छ।"

Prabhu Bank
Agni Group
NIC Asia

अस्ट्रेलियमा प्रधानमन्त्री स्कोट मोरिसोनले पक्राउ परेकामध्ये एक जना अस्ट्रेलियन नागरिक भएको पुष्टि गरेका छन्। उनले पक्राउ परेका अभियुक्त अतिवादी दक्षिणपन्थी आतंककारी भएको बताएका छन्। 

प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार त्यहाँ निकै भागदौड मच्चिएको थियो र मानिसहरु अइ नूर मस्जिदबाहिर रक्ताम्य भएर भुँइमा लडिरहेका थिए।

Global Ime bank

स्थिति अझै अस्पष्ट

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन्। उनले भनिन्, "अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्याण्डको कालो दिनमध्ये एक हुनेछ।"

अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने,"पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले।"

"मेरा केही साथीहरू अझै भित्रै छन्। मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ।"

घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर न्यूजिल्याण्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन्।

आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ। 

बंगलादेशी क्रिकेट टोली जोगियो

बाङ्ग्लादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन्।

आक्रमण हुँदा बाङ्ग्लादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए। बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ।

सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दु:ख व्यक्त गरेका छन्। 'मुस्लिम्ज इन न्यूजिल्याण्ड'को फेसबुक पेजमा समवेदनाको ओइरो लागेको छ। -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC