विदेश
न्यूजिल्याण्ड । न्यूजिल्याण्डका दुई मश्जिदमा गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा दर्जनौं घाइते भएको अनुमान गरिएको छ ।
पहिलो गोलाबारी क्राइस्ट चर्च भन्ने स्थानमा रहेको नूर मश्जिदमा भएको थियो भने दोस्रो घटना लिनउड मश्जिदमा भएको थियो । प्रत्यक्षदर्शीका अनुसार गोलाबारी करिब २० मिनेट सम्म चलेको थियो । उनले एक व्यक्तिले अर्का एक जनालाई छातीमा नै प्रहार गरेर गोली हानेका थिए ।
उक्त घटनामा करिब ६० जना मानिस घाइते भएको अनुमान गरिएको छ । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले घटनाको विस्तृत विवरण प्रष्ट नभएपनि न्यजील्याण्डका लागि आजको दिन सबैभन्दा कालो दिन भएको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५ १२:०६
प्रतिक्रिया दिनुहोस्