यस कारण आए गुल्सन ग्रोभर नेपाल

यस कारण आए गुल्सन ग्रोभर नेपाल

काठमाडौं । बलिउड स्टार गुल्सन ग्रोभर नेपाल आएका छन् । तेस्रो पटक नेपाल आएका गुल्सन यो पटक नेपाल घुम्नभन्दा पनि चलचित्रको प्रचारका लागि नेपाल आएका हुन् । त्यो पनि हिन्दी चलचित्र होइन नेपाली चलचित्रको प्रचारका लागि ।

गुल्सनलाई बोलाएको हो नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ले र गुल्सन यही चलचित्रको प्रचारका लागि नेपाल उत्रिएका हुन् । उनले विहिबार पाटन दरबार स्क्वायरमा आफ्ना दर्शक तथा सुभचिन्तकसँग भलाकुसारी पनि गरे । 

मनिषा कोइरालाको मुक्तकण्ठले प्रशंसा गरेका गुल्सन नेपाल आफ्नै चलचित्रको प्रचारका क्रममा नेपाल आएका हुन् । यसैक्रममा विहीबार साँझ उनी चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को प्रिमियर शोमा पनि पुगे । यही चलचित्रको प्रचारका लागि उनी नेपाल आएका हुन् ।

‘द म्यान फ्रम काठमाडौं’मा उनी मुख्य भूमिकामा छन् ।  पेमा धोन्डुपले निर्देशन गरेको चलचित्रमा उनलाई अभिनय गराइएको छ । नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको यो चलचित्रमा गुल्सनसँगै हलिउड कलाकार जोेसे पाकिस्तानी अभिनेता अमिद शेखको पनि अभिनय देख्न पाइन्छ ।

विग बजेटमा निर्माण गरिएको यो चलचित्रमा नेपाली कलाकार कर्मा शाक्य, आना शर्मा, नीर शाह, शिशिर वाङदेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

अमेरिकामा बस्ने नेपालीको नेपाली कला संस्कृतिप्रतिको मोह समेटिएको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ले नेपाली चलचित्रका लागि विदेशी बजारको ढोका खोल्ने भनेर प्रचार गरिएको छ । बजेट र कलाकारका हिसावले यो चलचित्र प्रतिक्षित बनेको छ । यध्यपि यसको ट्रेलर युट्युबमा खासै धेरै सर्च भएको छैन । 

आज (शुक्रबार) रिलिज भएको यो चलचित्रसँगै ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ पनि आजै रिलिज भएका छन् । 

प्रतिकृया दिनुहोस
ad