site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
 कहिले फर्किएला द्वन्द्वमा गुमेको पाल्पा दरबारको सान ?
Sarbottam CementSarbottam Cement

पाल्पा । पाल्पा पुग्ने आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्छ पाल्पा दरबार । तानसेन बजारको सिरानमास्तिरको फाँटमा ठडिएको यो दरबार हिजोआज पाल्पा दरबार संग्रहालयको नामले परिचिति छ । ‘अफसिजन’ मा पनि तानसेन पुग्ने पर्यटक बजारको केही मास्तिर उक्लिएर दरबार हेर्न छुटाउँदैनन् । यो एक प्रमुख पर्यटकीय गन्तव्‍य पनि हो ।

सेनवंशी राजाहरुको शासन काल, नेपाली राणाकालिन र शाहकालिन इतिहासको जीवन्त प्रमाण बोकेर पनि माओवादी द्वन्द्वको बाछिटाबाट यो दरबार पनि अलग रहन सकेन् । त्यही भएर वैभवपूर्ण इतिहास बोकेर पनि द्वन्द्वको आगोमा बलेको पाल्पा दरबारको वर्तमान निकै निरस बन्न पुगेको छ । 

‘‘पहिले जस्तो केही पनि छैन् । घुम्न आउनेहरुले हैन ! यस्तै मात्र हो ? भनेर हामीलाई प्रश्न मात्र तेस्याउँछन्’’, दरबारको गेट नजिकै विगत ३५ वर्षदेखि प्रवेश टोपी भण्डार चलाएर बसेका श्याम कार्की भन्छन्,‘‘दरबारलाई पहिलेकै हालतमा फर्काउन त कठिन नै होला तर संग्रहालय व्यवस्थित गर्न पनि ढिला भइसक्यो ।’’

Prabhu Bank
Agni Group
NIC Asia

खासमा दरबारभित्र छिरेर निस्कनेहरुको मुखबाट अचेल अनायसै निस्कने गर्छ- ‘‘जे सोचेर हेर्न आइएको थियो त्यस्तो भने अलि रहेनछ ।’’ आखिर के छैन त दरबारमा ? कार्कीलाई सोधियो । 

‘‘यो दरबार नै नयाँ हो । पहिलेको स्वरुप त हो तर ऐतिहासिक वस्तु केही पनि छैनन्,’’ उनको जवाफ छ,‘‘संग्रहालय बनाएपछि त्यहाँबाट हराएका र पहिले भएका वस्तुलाई ज्यूँका-त्यूँ नराखुञ्जेल दरबारको सान फर्कनेवाला छैन् ।’’
 
के भएको थियो ? 

Global Ime bank

खासमा २०६२ माघ १८ गते मध्यरातमा माओवादी विद्रोहीले दरबार नजिकैको जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा आक्रमण गरे । त्यसपछि पाल्पा दरबारको इतिहास नै नामेट झैं हुन पुग्यो । त्यो लडाइँमा पाल्पा दरबार बम विस्फोटन र आगलागीको लप्कामा पूर्ण रुपमा ध्वस्त हुन पुग्यो । धेरै ऐतिहासिक वस्तु जलेर खरानी भए । 

प्रत्यक्षदर्शीका अनुसार इतिहास लगभग मेटिन पुगेको थियो । दरबार खरानीमा परिणत भयो । २०१५ सालमा राजा महेन्द्र पाल्पा सवारी भएका बेला दरबारबाटै केही महत्पूर्ण कार्यालय संचालन गर्न निर्देशन भएबमोजिम त्यहाँ सरकारी कार्यालय खोलिएका थिए । तिनै कार्यालय माओवादीको निसानामा परे । लडाइँपछि हप्तौसम्म दरबार जलिरह्यो । 

द्वन्द्वको त्यो घाउ र छिटा दरबार नजिकै मिलन शाक्यको घरको बार्दली र झ्यालको सिसामा अझै देख्न सकिन्छ । गोली लागेर पर्खालमा प्वाल परेको छ । झ्यालका सिसा फुटेका छन् । उनले एउटा सिसा र पर्खाल भने त्यसै छाडिदिएका छन् । मर्मत नै नगराइ । पाल्पा आउनेहरुले यी दृश्य निकै अभिरुची पूर्वक हेर्दै त्यसबेला भएको लडाइँको कल्पनासम्म गर्न सक्छन् । 

अहिले के छ दरबारमा ?

पाल्पा दरबार पुरातत्व विभागको सक्रियतामा पुर्ननिर्माण भएको छ । पुरानै शैलीमा ढालिएको भवन बनाइएको छ । तर, संग्रहालय बनेपनि दरबार चिनाउने वस्तु केही भित्र छैनन् ।

त्यही भएर घुम्न पुग्नेहरुको मन खिन्न हुन्छ र भन्छन्,‘‘पाल्पा दरबार संग्रहालय कहिले होला मन छुने र हेर्न लायक ?’’ संग्रहालयमा अहिले सेनवंशीय राजारानीका तस्बिरको स्केच बनाइएर झुन्ड्याइएको छ । प्लेक्स प्रिन्टमा इतिहास लेखिएको छ । केहीभित्र मगर समुदायको भेषभुषामा संरक्षित छन् । मगरको जीवनशैली झल्काउने घर निकै मेहनतले सजाइएको छ । 

अंग्रेज र गोर्खा सैनिकबीच बुटबलको जितगढीमा भएको युद्धमा नेपाली सेनाका लागि घिउ तताउन प्रयोग भएको बडेमानको कराही राखिएको छ । नेपालीको दैनिक जीवनमा प्रयोग हुने परम्परागत हलो, भोटेताल्चा, खुर्पेटो, मुङग्रो, अन्य हतियार आदि वस्तु पनि संग्रह गरिएको छ । तर, यति वस्तुले मात्र दरबारको विगतको प्रतिनिधित्व हुन नसकेको स्थानीय र घुम्न जानेहरु पनि स्वीकार गर्छन् । दरबारमा राजारानी, तिनका सहयोगी, दरबारको जीवनशैली आदि झल्कने वस्तु छैनन् । 

के गरिंदै छ ?

पाल्पा दरबार संग्रहालय क्षेत्रलाई गुरुयोजना अनुसार व्यवस्थित गर्ने प्रयास भने सुरु भएको छ । ताम्रपत्र, सिलापत्र, भोजपत्र, ताडपत्र, लालमोहर, स्याहमोहर जस्ता अभिलेख भए संग्रहालयलाई बुझाउन आग्रह गर्दै २०७३ सालमै स्थानीयलाई आग्रह गरेको थियो । जसअनुसार कतिपय वस्तु प्राप्त पनि भए ।

संग्रहालयका कर्मचारीका अनुसार अहिले तानसेन नगरपालिकाले नै संग्रहालयको सम्पूर्ण व्यवस्थापन गर्नेलगायतको काम गर्ने योजना बनेको छ । तर, यो कहिलेबाट हुने भन्ने यकिन छैन् । संग्रहालयमा काजमा खटिएका प्रमुख विष्णुप्रसाद पाठक, एकजना लेखापाल र दुई जना सहयोगी छन् । तर, संग्रहालय कार्यालय सहयोगीको भरमा मात्र चलेको छ । उनीहरुले संग्रहालयमा आउने मानिसको तथ्यांक राख्न रजिस्टरमा हाजिरी गराउँछन् । सरसफाइ गर्छन । कसैले दरबारबारे सोधे जानकारी पनि दिन्छन् । 

कर्मचारी इन्दिरा सारुले भनिन्,‘‘घुम्न आउनेले यत्तिमात्रै हो हेर्ने कुरा ? भनेर प्रश्न गर्छन् तर हामीसँग जवाफ भने हुँदैन् ।’’
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC