site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’मा कसले मार्ला बाजी ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार तीन वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । ‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ एकै दिन मैदान प्रवेश गरेका हुन् । 

‘द म्यान फ्रम काठमाडौं’लाई पेमा धोन्डुपले निर्देशन गरेका छन् । नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको यो अपेक्षित चलचित्र हो । यो चलचित्रले नेपाली चलचित्रको विदेशी बजार खोलिदिने भनेर प्रचार गरिएको छ । 

विग बजेटमा निर्माण गरिएको भनिएको यो चलचित्रमा नोपलीसँगै हलिउड र बलिउडका कलाकार पनि समेटिएको छ । कर्मा शाक्य, आना शर्मा, बलिउड अभिनेता गुल्सर ग्रोभर, हलिउड कलाकार जाेसेको अभिनय छ । यस्तै यो चलचित्रमा पाकिस्तानी कलाकार अमिद शेखको पनि अभिनय देख्न पाइने छ । अमेरिकामा बस्ने नेपालीको  नेपाली संस्कृतिप्रतीको मोह चलचित्रको मुख्य कथानक हो । चलचित्रको प्रचारका लागि बलिउड अभिनेता गुल्सर ग्रोवर नेपाल आइसकेका छन् । 

Agni Group

यता, बसन्त अधिकारीले निर्देशन गरेको चलचित्र ‘जानी नजानी’ कर्पोरेट प्रेम कहानी बोकेको चलचित्र भनेर प्रचार गरिएको छ । यसमा ढाकाको ब्यबसायलाई माध्यम बनाएर प्रेम कहानी बुनिएको छ । 

Global Ime bank

स्टारडमले चलचित्र चल्दैन भन्ने निर्देशक अधिकारीले मनिष श्रेष्ठ, सन्नी सिंह, निरिशा बस्नेत, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, रोशनी केसी, कृष्णभक्त महर्जन लगायत कलाकारको अभिनय छ । 

भिषण राईले निर्देशन गरेको चलचित्र ‘पुरानो बुलेट’ पनि आजै रिलिज भएको छ । चलचित्रमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वू लगायत कलाकार मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC