site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

दाङ । रोल्पामा धान र मकैको गरी २२ लाख रूपैयाँभन्दा बढीको बीउ बिक्री भएको छ । यस वर्ष जिल्लाबाट ५० टनभन्दा बढी बीउ निर्यात भएको हो । किसानका लागि उन्नत बीउविजन कार्यक्रम (केयुविके) को अनुदान सहयोगमा कृषक समूह, सहकारीहरूले धान, मकैलगायतका बीउ उत्पादन गरिरहेका छन् ।

मनकामना ३ जातको मकैको बिउ २८ टन, रामपुर कम्पोजिट जातको ११ टन तथा ७ टन खुमल ४ धानको बीउ बिक्री भएको केयुविके रोल्पाका जिल्ला सल्लाहकार नरेन्द्र ओलीले जानकारी दिए ।जिल्लामा १६ वटा कृषि समूह, सहकारीले मकैको बीउ र २ वटा समूहले धानको बीउ उत्पादन गरेका थिए । 

Agni Group

२१ लाख ९४ हजार रूपैयाँको बीउ निर्यात गरिएको ओलीले बताए । मकै मनकामना ३ जातको किलोको ४७, रामपुर कम्पोजिट किलोको ४८, गहुँ डब्लुके १२०० जात किलोको ४५, धान खुमल ४ किलोको ५० रूपैयाँमा बिक्री गरिएको थियो । त्यस्तै तरकारीको बीउको पनि मूल्य निर्धारण गरिएको छ । सिमी चौमासे जातको किलोको २३०, केराउ सिक्कीमे लोकल किलोको ११० तथा रायो मार्फा किलोको ५३० रूपैयाँ कायम गरिएको छ ।

उत्पादित बीउले राम्रो बजार पाउन थालेपछि किसान उत्साहित भएकछन्। जिल्लामा बीउ उत्पादनका लागि ५ करोड १ लाख रूपैयाँ अनुदान दिइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC