site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वविद्यालय पढाउनेले विद्यावारिधि गर्नैपर्ने
Ghorahi CementGhorahi Cement

लुम्बिनी । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले अबको केही वर्षभित्र क्याम्पस पढाउने प्राध्यापक अनिवार्यरुपमा विद्यावारिधि गरेको हुनुपर्ने नीति ल्याइने बताएका छन्। 

भैरहवा बहुमुखी क्याम्पसको स्वर्णमहोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले त्रिवि विश्वका एक हजार उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा परेको उल्लेख गर्दै यसको सकारात्मक प्रभाव ६२ वटै आंगिक क्याम्पसमा जाने बताए। 

Agni Group

प्रा डा खनियाँले विश्वविद्यालयले बजारले खोजेअनुसारको नयाँ नया शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताए । उनले भैरहवा क्याम्पसमा सञ्चालित बिबिए, बिसिए, बिएससिआइटी, बिआइएमजस्ता विषय त्यसको उदाहरण भएको उल्लेख गरे । 

उनले विश्वविद्यालयको आंगिक, सम्बन्धन प्राप्त, सामुदायिकमा गरी हाल चार लाख विद्यार्थी रहेको दाबी गर्दै उक्त संख्या विश्वकै ठूला विश्वविद्यालयकोभन्दा धेरै भएको बताए । कार्यक्रममा रजिस्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा मात्रै शैक्षिकसत्र २०७३÷०७४ मा एक लाख ३८ हजार विद्यार्थी रहेकामा हाल एक लाख ५६ हजार पुग्नुले विश्वविद्यालयप्रतिको विश्वास झनै बढेर गएको बताए ।

Global Ime bank

कीर्तिमानी विद्यार्थी सम्मान 

क्याम्पसका पूर्वविद्यार्थी जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त गरेका छन् । त्यस्ता व्यक्तिलाई कीर्तिमानी विद्यार्थीको सम्मान दिइएको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा खनियाँले कीर्तिमानी विद्यार्थीलाई सम्मानपत्र दोसल्लाले सम्मान गरेका थिए । 

यसरी सम्मानित हुनेमा पूर्वविद्यार्थी पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, राजनीतिज्ञ स्व जीवराज आश्रित, पूर्वसांसद डा विजय पौडेल, प्राज्ञ उन्नति बोहरा, पूर्वप्रहरी महनिरीक्षक कुवेरसिंह राना, नेता नेत्र पन्थी, नेपाल राष्ट्रिय टिमका कोच राजु खड्का, गायक हेमन्त शर्मा, नेपाल सरकारको पूर्वसहसचिव अब्दुल कलाम खा, मुक्तककार रामकाजी कोने, बुटवल बहुमुखी क्याम्पसका प्रमुख शखिशरण सुवेदी, प्रा डा जीवलाल सापकोटा, प्रा डा लेखनाथ भट्टराई, वरिष्ठ पत्रकार किशोर नेपाल र रञ्जु काफ्ले, पूर्व प्रमुख सागरप्रताप राणा, नेपाल सरकारका उपसचिव महाराजा कोइराला, साल्ट ट्रेडिङका क्षेत्रीय प्रमुख हरिश्चन्द्र श्रेष्ठ, साफका पूर्वसहायक रेफ्री दुर्गाबहादुर विक, पूर्व प्रहरी नायब महानिरीक्षक केशव अधिकारी, उद्योगी कृष्णप्रसाद शर्मा, नगर प्रमुख हरिप्रसाद अधिकारी र नरेन्द्रप्रसाद गुप्ता, उपप्रमुख उमा काफ्ले, पूर्व प्रहरी नायब निरीक्षक राजकुमार राजभण्डारी, अन्तर्राष्ट्रिय खेलाडी रुप कार्की, सञ्जिवनी मेडिकल कलेजका प्रमुख कार्यकारी दीपक रोका र पूर्वप्रमुख जिल्ला अधिकारी दामोदर पन्त रहेका छन्। 

यसैगरी उक्त कार्यक्रममा पूर्वस्ववियु सभापति, प्राध्यापक तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो । भैरहवा क्याम्पस विसं २०२५ मा स्थापना भएको थियो । यो रुपन्देहीको पहिलो क्याम्पस पनि हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC