site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विप्लव समूहको बन्दको आंशिक प्रभाव
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण बिहीबार देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी आए पनि उपत्यकामा भने सवारीसाधन निर्वाधरुपमा चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

उनका अनुसार नवलपरासी र मकवानपुरमा ट्रकमा तोडफोड भएको छ । नवलपरासी, रौतहट, सिन्धुपाल्चोक र कास्कीमा शंकास्पद वस्तु फेला परे पनि अप्रिय घटना भएको छैन । उनले देशभर नै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै निर्वाधरुपमा सवारी चलाउन चालकलाई आग्रह गरे । राजमार्गमा स्कटिङ गरेर सवारी चलाइएको र तराईका केही ठूला शहरमा आंशिक प्रभाव देखिएको र उपत्यकामा गाडी चलिरहेको सुवेदीले बताए । यद्यपि बाहिरी जिल्लाबाट गाडी नआउँदा उपत्यकामा समेत सवारीको चाप कम देखिएको छ । केही जिल्लामा भने बढी प्रभाव परेको छ । सार्वजनिक सवारी कमैमात्र चलेका छन् । ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । 

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले उपत्यकाको तीनै जिल्लामा अहिलेसम्म शान्ति सुरक्षामा कुनै असर नपरेको बताए । “उपत्यका शान्त छ, अहिलेसम्म तीनै जिल्लामा कुनै घटना भएको छैन, निर्वाधरुपमा सवारी चलेका छन्, जिल्लाबाटै लामो दूरीका गाडी नआएकाले भित्रिने र बाहिरिने सङ्ख्या कम छ”, क्षेत्रीले भने । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौँको सवारीसाधन आवागनमा कुनै समस्या नरहेको तर त्रासका कारण स्कूल, क्याम्पस भने प्रभावित भएको जानकारी दिए । बुधबार राति अनामनगरमा भेटिएको शङ्कास्पद वस्तु नक्कली बम रहेको भन्दै तर्साउनका लागि राखिएको उल्लेख गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC