site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भजनी । सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका कोशीमा नाम विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई कर्णाली नदीले छुट्याएको भएता पनि वर्षेनी नदीले आफ्नो बाहब परिवर्तन गर्ने भएकाले सिमाना कसको कहाँसम्म हो भन्ने कुरा यकिन हुन नसक्दा विवाद देखिएको हो । 

टीकापुर नगरपालिका–८ र राजापुर नगरपालिका–१ को सत्ती क्षेत्रमा सीमा विवाद उत्कर्षमा पुग्न थालेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावललेसीमा विवादको समस्या विगतदेखिकै भएको बताए । “पहिला सबै ठेक्का जिल्लाबाट हुन्थ्यो, अहिले स्थानीय तहबाट हुने भएकाले सिमाना खोज्न थालिएको हो”, प्रमुख रावलले भने, “काम गर्दा पहिला नदीको धारलाई आधार मानेर पनि काम हुन्थ्यो । तर, नदीको धार वर्षेनी परिवर्तन भइरहँदा पनि विवाद देखिएको हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख रावलले कर्णाली नदी पारी टीकापुर नगरपालिका-८ श्रीलंकालाई पनि बर्दियाले आफ्नो भनिरहेकाले विवाद झनै बढ्ने भन्दै यो विवाद समाधानका लागि जिल्ला समन्वय समिति गम्भीर बन्नुपर्ने बताए। 

उनले यसमा प्रदेशको सिमानासमेत जोडिएकाले दुवै प्रदेश गम्भीर भई समस्या समाधान गर्नुपर्ने बताउँदै आफ्नो भू-भागमा कसैले हस्तक्षेप गरे त्यो सह्य नहुने बताए । त्यस्तै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सिमानामा समस्या देखिएको स्वीकार गरेका छन् । “कर्णाली नदीबीचको भाग हामी बर्दियाको हो भनिरहेका छौँ टीकापुरले आफ्नो भनिरहेको छ”, प्रमुख चौधरी भने, “यो दुई नगरपालिकाको मात्र समस्या नभई जिल्लाको र प्रदेशको सिमानासँग पनि जोडिएकाले यसको टुङ्गो जिल्ला र प्रदेशले लगाउनुपर्छ । आफ्नो सीमाका लागि हामीपछि हट्ने छैनौँ ।” 

Global Ime bank

हाल ढुंगा, गिट्टी र बालुवा निकाल्नका लागि भन्दै दुवै नगरपालिकाले आइइइ रिपोर्ट बनाइ छुट्टाछुट्टै ठेक्का दिएका छन् । कर्णाली नदीको टीकापुर क्षेत्रको भागमा टीकापुरका ठेकेदारले नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् भने बर्दिया क्षेत्रको भू-भागमा बर्दियाका ठेकेदारले उत्खनन गरेका छन् । 

नदीको बीचको भागबाट कस्ले ढुंगा, गिट्टी, बालुवा निकाल्ने भन्नेमा विवाद देखिएपछि राजापुर नगरपालीकाले सत्ती पुल क्षेत्रमा कुनै सहमति नभएसम्म ढुङ्गा, गिट्टी र बालुवा ननिकाल्न सूचना नै निकालेको छ । दुवै तिरको ठेकेदारले आफ्नो मनोमानीरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दा वर्षाको समयमा बस्ती तथा कृषियोग्य जमीनसहित कैलाली त बर्दिया जोड्ने सत्ती पुलसमेत जोखिममा परेको छ । 

साथै ठेकेदारले कर्णाली नदीमा बाँध बाँधी ढुङ्गा, गिट्टी, बालुवा निकाल्नुका साथै बर्दियाका ठेकेदारले टीकापुरतिर, टीकापुरका ठेकेदारले बर्दियातिर नदीको बहाब फर्काउने भएका कारण समस्या झनै बढ्न सक्ने देखिएको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC