site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
व्यक्तिगत सुरक्षामा कति खर्च गर्छन् धनाढ्य सिइओहरु ? जुकरबर्ग सबैभन्दा अगाडि
Ghorahi CementGhorahi Cement

एजेन्सी। पछिल्लो पाँच वर्षमा विश्वका सर्वाधिक धनी सिइओहरुको सम्पति दोब्बरले वृद्धि भइसकेको छ।तर उनीहरुको व्यक्तिगत सुरक्षाको खर्च भने यसै अनुरुप बढाइएको छैन, बाहेक फेसबुकका प्रमुख मार्क जुकरबर्ग। अर्बपति जुकरबर्गले कम्पनीबाट कुनै अतिरिक्त बोनस लिँदैनन् तर उनको सुरक्षामा भने वार्षिक एक करोड डलर खर्च हुने गरेको फोर्ब्सले जनाएको छ।
 
वास्तवमा गत वर्ष युट्युवको केन्द्रीय कार्यालयमा भएको हमला र फेसबुक आफैँ पनि विभिन्न काण्डमा मुछिएका हुनाले नै कम्पनीका बोर्ड अफ डिरेक्टरहरुले जुकरवर्ग र उनको परीवारलाई सुरक्षित राख्न वार्षिक एक करोड डलर बराबरका सुरक्षागार्ड, उपकरणलगायतका सेवा प्रदान गर्ने निर्णय गरेको हो। त्यसअघि पनि फेसबुकले जुकरवर्गको सुरक्षा सुनिश्चित गराउँदै आएको थियो जसमा यो अतिरिक्त सेवा पनि थप गरिएको हो। त्यस्तै कम्पनीले उनको व्यक्तिगत उडानका लागि पनि लाखौँ डलर खर्च गर्ने गरेको छ। यसरी जुकरबर्गको व्यक्तिगत सुरक्षा २०१२ –२०१५ काबीच ५०० प्रतिशतले वृद्धि भएको छ।
 
तर यता विश्वका सर्वाधिक धनी व्यक्ति, जेफ बेजोसको सुरक्षा बजेट पनि पछिल्ल्लो सात वर्षदेखि यथावत रहेको बताइएको छ।अमेजोनका साथै संचार वासिङटन पोस्टका कार्यकारी भएकाले पनि  धेरैपटक बजोस राष्ट्रपति ट्रम्पकै कडा वचनको शिकार भइसकेका छन्।तापनि उनको कूल सम्पतिको तुलनामा उनको सुरक्षा बजेट जुकरवर्गको भन्दा धेरै कम रहेको पाइएको हो।

२०१९ मा बेजोसको कूल सम्पति १३१ अर्ब डलर रहेको छ र अमेजोनले उनको सुरक्षाका लागि १६ लाख डलर खर्च गर्ने गरेको छ जुन २०१२ देखि यथावत रहेको बताइएको हो।त्यस्तै कम्पनीले कार्य क्षेत्रको सुरक्षामा पनि उत्तिकै ध्यान दिने गर्ने गरेको पाइन्छ।अमेजोनका एक प्रवक्ताका अनुसार बेजोसले आफ्नो व्यक्तिगत सुरक्षाका लागि छुट्टै भुक्तान गर्ने गरेका छन्।

Agni Group

यता अर्का सिइओ वारेन बफेटका लागि बर्कसायर हाथवेले २००८ अगाडि कुनै सुरक्षा रकम प्रदान गरिएकाबारे खबर गरेको थिएन।तर त्यसै साल अनुहारमा पेन्ट लगाएका बन्दुकधारी व्यक्ति उनको घरमा घुस्ने प्रयास गरेपछि भने उनको व्यक्तिगत सुरक्षा खर्चप्रति ध्यान दिइएको हो। यसरी २०१७ मा मात्र उनले पछिल्लो पाँच वर्ष भन्दा १६% प्रतिशतले आफ्नो घर र व्यक्तिगत सुरक्षा खर्च वृद्धि गराइ तीन लाख ७५ हजार डलर पुर्याएका हुन्।अहिले उनको कूल सम्पति ८२.५ अर्ब डलर रहेको छ।

त्यसैगरी यता विश्वका सातौँ धनीमा पर्ने ल्यारी एलिसनको व्यक्तिगत सुरक्षा खर्च भने पछिल्लो एक दशकमा झन कम गरिएको पाइएको छ।उनको कूल सम्पति ७४% ले बढ्दा पनि उनको सुरक्षा खर्च २०१७ मा केबल १५ लाख डलर रहेको बताइएको छ जुन २००७ मा १७ लाख डलर रहेको थियो।

Global Ime bank

त्यस्तै फोब्र्सको सूचीमा १० औँ स्थानमा रहेका ल्यारी पेजको कम्पनी अल्फाबेटले भने  केही वर्ष अघिदेखि नै उनको व्यक्तिगत सुरक्षाको खर्चबारे कुनै जानकारी सार्वजानिक गरेको छैन।गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले सिइओ ल्यारी र सहसंस्थापक सेर्गी ब्रिनको सुरक्षाका निम्ति पछिल्लोपटक २००६ मा मात्र ३३,१९५ डलर प्रदान गरेको थियो।तर कम्पनीले अल्फाबेटका पूर्व सिइओ एरिक स्कमिड्स्ट र गुगलका सिइओ सुन्दर पिचाइलाई भने २०१७ मा क्रमशः तीन लाख र ६ लाखको सुरक्षा बजेट प्रदान गरेको हो ।

वास्तवमा कम्पनीले आफ्ना शिर्ष अधिकारीहरुका लागि गर्ने अतिरिक्त खर्च गर्ने भन्ने, उनीहरु समाजमा कत्तिको परिचित छन् र कम्पनी कति विवादमा छ भन्नेमा निर्भर हुने गरेको विश्लेषकहरुको भनाइ छ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC