Skip Advt.

चालक र सहचालकलाई ग्लोबल आइएमईको पोशाक

चालक र सहचालकलाई ग्लोबल आइएमईको पोशाक

काठमाडौं । ग्लोबल आइएमई बैंकले सवारी साधनको चालक तथा सह चालकलाई पोशाक वितरण गरेको छ । 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा प्रदेशका सार्वजनिक सवारी साधन चालक तथा सहचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५०० थान पोशाक वितरण गरेको हो ।

प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न उक्त पोशाक वितरण गरिएको बैंकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस