काठमडौं । सिद्धार्थ बैंक तथा भारतको नयाँ दिल्लीस्थित बिएलके सुपर स्पेसियालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेसियालिटी हस्पिटल (रेडियन्ट लाईफ केयरद्वारा सञ्चालित) बीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका उपभोक्तालाई हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त हुनेछ ।
सम्भौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र डा बि एल कपुर मेमोरिएल हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुख सुनिल कपुरले हस्ताक्षर गरे ।
सम्झौतापश्चात् दुई अस्पातालमा उपचार गराउँदा सिद्धार्थ बैंकका उपभोक्ताले डेबिट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् ।